गान्तोक, 03 सेप्टेम्बर (हि.स.)। सिक्किम अल्पाइन विश्वविद्यालयका कुलपति डा. आशीष चतुर्वेदीले आज राजभवनमा सिक्किमका राज्यपाल ओमप्रकाश माथुरसॅंग शिष्टाचार भेट गरे। यस अवसरमा विश्वविद्यालयका संकाय सदस्यहरू पनि उपस्थित थिए।
राजभवन अनुसार, यस भेटको क्रममा कुलपति डा. चतुर्वेदीले राज्यपाललाई विश्वविद्यालयको शैक्षणिक गतिविधिहरू र भावी योजनाहरूको बारेमा विस्तारपूर्वक जानकारी गराए।
हिन्दुस्थान समाचार / बिशाल