प्रेम गुरूङ अटल तिरङ्गा गोल्बल एक्सिलेन्स अवार्ड 2025 ले सम्मानित
प्रेम गुरूङ अटल तिरङ्गा गोल्बल एक्सिलेन्स अवार्ड 2025 ले सम्मानित


गान्तोक, 03 सेप्टेम्बर (हि.स.)। सिक्किम क्रान्तिकारी मार्चोका वरिष्ठ नेता तथा सिक्किम श्रम विभागका अध्यक्ष प्रेम गुरूङ अटल तिरङ्गा गोल्बल एक्सिलेन्स अवार्ड 2025-ले सम्मानित भएका छन्। यो सम्मान गत 30 अगस्तका दिन थाइल्याण्डको राजधानी पतयामा इण्डो-थाई एक्सचेञ्ज प्रोग्राम अन्तर्गत प्रदान गरिएको हो।

उनी उत्तरपूर्व भारतबाट यो पुरस्कार प्राप्त गर्ने एकल व्यक्ति हुन्। गुरूङलाई उनको देशभक्ति अनि समाज सेवामा निरन्तर योगदानका लागि पुरस्कृत गरिएको हो। यस पुरस्कार प्रवासी भारतीय नागरिक अनि अन्य प्रवासी भारतीयहरूको भारतीय एकता, राष्ट्रिय अखण्डता र सद्भावनाका लागि प्रदान गरिएको हो।

प्रेम गुरूङ नाम्ची निवासी हुन् भने सिक्किमको राजनीति र समाज सेवाको क्षेत्रमा अनवरत सेवा गरिरहेका छन्। उनले राज्यका श्रमजीविहरूको पक्षमा निरन्तर वकालत गर्दै आइरहेका छन्।

हिन्दुस्थान समाचार / बिशाल


 rajesh pande