महिलाहरुलाई लिएर खरसाङमा भाजपा महिला मोर्चाको सभा सम्पन्न
भाजपा महिला मोर्चाको सभा


खरसाङ, 28 जुलाई (हि.स.)। खरसाङमा भारतीय जनता पार्टी महिला मोर्चाको सभा विभिन्न बुथहरुका महिलाहरुलाई लिएर सम्पन्न भएको छ। उक्त सभा भारतीय जनता पार्टीको खरसाङस्थित पार्टी कार्यालयमा महिला मोर्चाकी मण्डल सभापति दिपिका प्रधानको अध्यक्षतामा सम्पन्न भयो। सभामा मण्डल सभापति दिक्षा तामाङ पनि उपस्थित थिइन्।

सभामा मण्डल अन्तर्गत पर्ने विभिन्न बुथका सभापतिहरु र महिला मोर्चाका सभापतिहरु उपस्थित रहेका थिए। सभालाई मण्डल सभापति दिक्षा तामाङ र महिला मोर्चाको मण्डल सभापति दिपिका प्रधानले सम्बोधन गर्दै महिलाहरुलाई लिएर विभिन्न कामहरु गरिने साथै महिलाहरुको आय स्रोत बढाउन र स्वनिर्भर बनाउन विभिन्न पहलको साथमा काम गरिने जानकारी गराए। आगामी 7 अगस्तको दिन हेण्डलुम दिवस पालन गरिने भएको बताइएको छ।

भाजपा नेतृहरूले भने, हेण्डलुम दिवसको अवसरमा नै महिलाहरुलाई लिएर पर्यटन क्षेत्रमा पनि काम गर्न प्रोत्साहन गरिने छ। यसका लागि अवसरहरु सिर्जना गरिने र महिलाहरुलाई लिएर भाजपा पार्टीले काम गर्नेछ। बैठकमा महिलाहरुमा भएको कौशललाई लिएर अघि बढ्ने, भोकल फर लोकललाई लिएर काम गर्ने, महिलाहरुलाई स्वनिर्भर बनाउन काम गरिने, महिलाहरुको आय स्रोत बढाउन काम गरिने जस्ता विषयमा छलफल भएको दिपिका प्रधानले दिएकी छन्।

हिन्दुस्थान समाचार / हनोक


 rajesh pande