जंगपानादेखि चारधुरे हुँदै खुन्द्रुके बस्ती र मजुवा भएर देवरालीसम्म पुग्ने रोडको शिलान्यास
जंगपानादेखि चारधुरे हुँदै खुन्द्रुके बस्ती र मजुवा भएर देवरालीसम्म पुग्ने रोड निर्माणको लागि शिलान्यास


खरसाङ, 14 जनवरी (हि.स.)। खरसाङ खण्ड अन्तर्गत जंगपाना चियाबारीदेखि चारधुरे हुँदै खुन्द्रुके बस्ती र मजुवा भएर देवरालीसम्म पुग्ने रोड निर्माणको लागि शिलान्यास गरिएको छ। उक्त रोडको शिलान्यास महानदी ग्राम पञ्चायत अन्तर्गत जंगपानाका पञ्चायत सदस्या रञ्जना छेत्री, हिल तराई डुवर्स प्लान्टेशन वर्कर्स युनियन खरसाङ महकुमा समितिका सभापति सागर गुरुङ, वरिष्ठ नागरिकद्वय सहदेव राई र ज्ञानबहादुर राई आदिको बाहुलीबाट गरियो।

उक्त रोड जीटीएबाट जीटीए‌ प्रमुख अनित थापाको सहयोगमा निर्माण भइरहेको बताइएको छ। उक्त रोड तीनधारे महानदी समष्टिको जंगपाना चियाबारीदेखि 28 नम्बर खरसाङ चिमनी देवराली समष्टिको देवरालीसम्म‌ निस्कनलाई निर्माण भइरहेको छ। यो रोड माथिल्लो जंगपाना चियाबारीको खेल मैदानबाट शुरु भएर चारधुरे, खुन्द्रुके बस्ती र मजुवा हुँदै देवराली निस्कन लगभग 6 किलोमिटर रहेको छ।

यस रोड निर्माणले जंगपाना चियाबारी लगायत चारधुरे, खुन्द्रुके बस्ती, मजुवा र देवराली क्षेत्रका जनसाधारणलाई धेरै सुविधा हुने बताइएको छ।‌ विगत धेरै वर्षदेखि यस क्षेत्रमा रोड निर्माणको लागि पहल भइरहेको र अहिले आएर जीटीए प्रमुख अनित थापाको सहयोगमा रोड निर्माणको लागि शिलान्यास भएकोमा स्थानीयहरुले‌ खुशी व्यक्त गरेका छन्। यस रोडको निर्माणको लागि स्थानीय जंगपाना चियाबारी, चारधुरे, खुन्द्रुके बस्ती, मजुवा र देवराली क्षेत्रका जनसाधारणको तर्फबाट हिल तराई डुवर्स प्लान्टेशन वर्कर्स युनियन खरसाङ महकुमा समितिका सभापति सागर गुरुङले जीटीए प्रमुख अनित थापालाई धन्यवाद दिएका छन्।

उनले केही दिन अघि जीटीए‌ प्रमुख अनित थापालाई भेटेर निवेदन गरेपछि जीटीए प्रमुखले यो रोडको निर्माणको लागि जेसीबी पठाइदिएको बताए। यसैगरी, चारधुरेका प्रतिनिधि बिनोद राईले‌ यस रोडको निर्माणले जंगपाना चियाबारी साथै चारधुरे, खुन्द्रुके बस्ती, मजुवा र देवरालीसम्मका जनसाधारणलाई धेरै सुविधा हुने बताएका छन्।

हिन्दुस्थान समाचार / हनोक


 rajesh pande