एसआईआर' प्रक्रियाको विरोधमा आम नागरिक सड़कमा उत्रिए, बसन्ती राज्य मार्ग बाधित
एसआईआर' प्रक्रियाको विरोधमा आम नागरिक सड़कमा उत्रिए, बसन्ती राज्य मार्ग बाधित


दक्षिण 24 परगना, 19 जनवरी (हि. स.)। दक्षिण 24 परगना जिल्लाको बसन्ती राज्य मार्गमा सोमवार बिहान मतदाता सूचीको 'विशेष गहन पुनरीक्षण' (एसआईआर)- को नाममा योग्य मतदाताहरूलाई कथित रूपमा प्रताड़ित गरेको विरोधमा स्थानीय मानिसहरूले पथावरोध गरे।

प्राप्त जानकारी अनुसार प्रदर्शनकारीहरूले बसन्ती थाना अन्तर्गत भांगनखाली क्षेत्रमा टायर तथा पात-पतिंगर जलाएर आफ्नो विरोध व्यक्त गरे। सप्ताहको पहिलो कार्यदिवसमा भएको यस अवरोधको कारणले यातायात व्यवस्था पूर्ण रूपले प्रभावित भयो। मार्गका दुवै तर्फ यात्री बस तथा स-साना वाहनहरूको लामो ताँत लाग्यो जसबाट विद्यालय-महाविद्यालयका विद्यार्थीगम, कार्यालय जाने कर्मचारीहरू एवं नित्य यात्रीहरूलाई ठूलो समस्या भयो।

आन्दोलनकारीहरूको आरोप छ, निर्वाचन आयोगले विशेष नोटिसको नाममा आम नागरिकहरूलाई अनावश्यक रूपमा जाँच केन्द्रमा बोलाइरहेको छ र उनीहरूको वैध दस्तावेजमाथि पनि सन्देह गरेर मानसिक रूपमा सताइरहेको छ।

स्थानीयहरूले दाबी गरेका छन्, कतिपय मानिसहरूलाई एउटै प्रक्रियाको लागिबारम्बार बोलाइरहेको छ। प्रदर्शनकारीहरूले चेताउनी दिएका छन्, यदि यो उत्पीड़नलाई तत्लाक बन्द नगरे आगामी दिनमा अझ् व्यापक आन्दोलन हुनेछ।

विरोध प्रदर्शनको कारण उत्पन्न स्थितिलाई सम्हाल्नको लागि बसन्ती थानाको पुलिसले घटनास्थलमा पुगेर प्रदर्शनकारीहरूलाई सम्झाउने प्रयास गऱ्यो। यो समाचार लेखुञ्जेलसम्म यातायात बहाल गराउने प्रयास भइरहेको थियो। क्षेत्रमा शान्ति व्यवस्थालाई कायम राख्नको लागि पुलिस बललाई तैनाथ गरिएको छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande