
गान्तोक, 19 जनवरी (हि.स.)। सिक्किम पछौटे वर्ग आयोगकी नवनियुक्त अध्यक्ष कविता सापकोटाले मुख्यमन्त्री प्रेमसिंह तामाङसँग भेट गरेकी छन्। उक्त जानकारी आज मुख्यमन्त्रीले सामाजिक सञ्जाल फेसबुक पोस्टमा दिएका छन्।
उनले यस महत्वपूर्ण जिम्मेवारी सम्हालेकोमा कविता सापकोटालाई हार्दिक बधाई तथा शुभकामना व्यक्त गरे। मुख्यमन्त्रीले राज्यका जनताको सेवामा आफ्ना कर्तव्यहरू सफलतापूर्वक निर्वाह गर्न उनलाई सफलताको कामना गरेका छन्।
---------------
हिन्दुस्थान समाचार / बिशाल