
गान्तोक, 19 जनवरी (हि.स.)। सिक्किम विधानसभा सचिवालयका सचिव ललित कुमार गुरुङ र प्रधान निर्देशक कर्म छिरिङ ग्यात्सो भोटियाले भारतका विभिन्न विधान निकायका सचिवहरूको ६२औँ सम्मेलनमा सहभागिता जनाएका छन्। उक्त सम्मेलन १९ जनवरी, २०२६ का दिन उत्तर प्रदेशको लखनऊस्थित विधान परिषद् मण्डप, विधान भवनमा सम्पन्न भएको सचिवालयले प्रेस विज्ञप्तिमा जनाएको छ।
विज्ञप्ति अनुसार, सम्मेलनमा “नवप्रवर्तनका केन्द्रका रूपमा विधान निकायका सचिवालयहरू” विषयमा विस्तृत छलफल र विमर्श गरिएको थियो। यस सम्मेलनको अध्यक्षता सम्मेलनका अध्यक्ष तथा लोकसभा महासचिव उत्पल कुमार सिंहले गरेको थियो।
---------------
हिन्दुस्थान समाचार / बिशाल