
दार्जिलिङ, 19 जनवरी (हि.स.)। इण्डियन गोर्खा कम्पनी इजरायल फाउण्डेसनको सहयोग साथै एचटीभी खरसाङको सौजन्यमा चुङथुङ मारेबुङ समष्टि अन्तर्गत लोवर चुङथुङको बढाटार निवासी कुमार लिम्बू उर्फ खड्कबहादुर लिम्बूको नयाँ घर निर्माण गरेर सोमवार हस्तान्तरण गरिएको छ। उक्त दम्पत्ति कुमार लिम्बू र पत्नी डोमा तामाङको घर अत्यन्तै जीर्णावस्थामा रहेको थियो र घर मरमत्तिको लागि पहल गरिएको थियो।
यस क्रममा एचटीभीका निर्देशक राजेन्द्र तामाङले इण्डियन गोर्खा कम्पनी इजरायल फाउण्डेसनको सहयोगमा घर निर्माण गरेर सोमवार उद्घाटनपछि वृद्ध दम्पत्तिलाई गृह प्रवेस गराएका छन्। लाभार्थी दम्पत्तिलाई पुरानो घरबाट विधिपूर्वक नयाँ घरमा स्थानान्तरण गरियो।
यस अवसरमा अतिथिको रुपमा प्रेस क्लब अफ् खरसाङका सभापति एवं वरिष्ठ पत्रकार मुरारीलाल पञ्चम, पत्रकार किरण छेत्री, हनोक थापा, सुमन गुरुङ लगायत अन्यहरु उपस्थित रहेका थिए। दम्पत्तिलाई जाडोमा ओढ्ने ओछ्याउने लुगाहरु विकरन फाउण्डेशनको तर्फबाट प्रदान गरिएको छ।
चुङथुङ ग्राम पञ्चायतको लोवर चुङथुङ अन्तर्गत बढाटार गाउँमा दम्पत्ति विगत धेरै वर्षदेखि जीर्णावस्थाको घरमा बस्दै आइरहेका थिए। पत्रकार अमरजीत स्याङ्देनले निर्देशक राजेन्द्र तामाङलाई दम्भपत्तिको अवस्थाबारे जानकारी गराएछि उनको पहलमा इण्डियन गोर्खा कम्पनी इजरायल फाउण्डेसनको सहयोगमा दुईवटा कोठाको नयाँ घर निर्माण गरेर हस्तान्तरण गरिएको छ।
हिन्दुस्थान समाचार / हनोक