न्यूनतम ज्यालाको मागमा इण्डियन गोर्खा जनशक्ति फ्रण्टको श्रमिक संगठनद्वारा धरना प्रदर्शन
Dharna


सिलगढी, 19 जनवरी (हि.स.)। न्यूनतम ज्यालाको माग गर्दै इण्डियन गोर्खा जनशक्ति फ्रण्टको श्रमिक संगठन एचएचटीडीसीएसएसले राज्यकी मुख्यमन्त्री ममता ब्यानर्जी र श्रम मन्त्री घटकलाई पत्राचार गरेको छ।

चिया बगानहरूमा अविलम्ब न्यूनतम ज्याला लागू गरिनुपर्छ भन्ने माग लिएर आज सिलगढीको दागापुरको श्रमिक भवनमा अतिरिक्त श्रमायुक्तको माध्यमद्वारा राज्यकी मुख्यमन्त्री र श्रम मन्त्रीलाई पत्राचार गरिएको छ।

संगठनले डागापुरमा धरना प्रदर्शन पनि गरेको छ। पहाड तराई डुवर्स क्षेत्रका चिया बगानहरूमा न्यूनतम ज्याला लागू गरिनुपर्ने माग विगत धेरै वर्ष अघिदेखि उठाउँदै आएको, तर आजसम्म चिया श्रमिकहरूको मागलाई सरकारले पत्तो नदिएको भन्दै प्रदर्शन गरियो। पत्रकारहरुसित कुराकानी गर्दै इण्डियन गोर्खा जनशक्ति फ्रण्टको श्रमिक संगठनको अध्यक्ष डीके गुरूङले भने, जबसम्म सरकारले श्रमिकहरूको समस्यालाई समाधान गर्दैन तबसम्म हाम्रो संघर्ष जारी रहनेछ। आजको धरना प्रदर्शन केवल शुरूवात मात्र हो। सरकारले हाम्रो आवाजलाई सुन्दैन भने पहाड तराई डुवर्सको समस्त श्रमिकहरूलाई लिएर भावी कार्यक्रमहरूको रूप रेखाहरू तयार गर्ने छौँ।

हिन्दुस्थान समाचार / हनोक


 rajesh pande