सामाजिक कार्यहरुका लागि ईभान फाउण्डेशनले फिल्म प्रदर्शन गर्ने
Evan foundation


खरसाङ, 19 जनवरी (हि.स.)। खरसाङको ईभान फाउण्डेशनले सामाजिक कार्यहरुमा थप समर्थनको लागि फिल्म प्रदर्शन गर्ने भएको छ। यस क्रममा ईभाना फाउण्डेशनले खरसाङमा फिल्म 'विन्डो सिट' प्रदर्शन गर्ने भएको छ।

वाङ्गेल शेर्पाको निर्देशनमा रहेको फिल्म 'विन्डो सिट' महिला सशक्तिकरणमाथि आधारित एवं सामाजिक सन्देश बोकेको यस फिल्मलाई खरसाङमा ईभान फाउण्डेशन र निर्माण टिम मिलेर प्रदर्शन गरिने भएको छ। उक्त फिल्म आगामी 7 र 8 फरवरीको दिन खरसाङको राजराजेश्वरी हलमा प्रदर्शन गरिने ईभान फाउण्डेशनको तर्फबाट हिमाल खवास र आयुस छेत्रीले बताएका छन्।

उनीहरूले बताए अनुसार, यस फिल्मको प्रदर्शनमा संग्रह भएको रकम ईभान फाउण्डेशनको सामाजिक कार्यहरुमा सहयोगको लागि दिइने छ। उनीहरूले सबैलाई उपस्थित रहेर फिल्म हेरिदिन निवेदन गरेका छन्।

उल्लेखनीय छ, खरसाङ क्षेत्रका युवाहरुको सामाजिक संस्था ईभाना फाउण्डेशनले हालमा विभिन्न सामाजिक कार्यहरु गर्नुका साथै वरिष्ठ व्यक्तिहरुलाई विभिन्न क्षेत्रमा दिएको योगदानको लागि पुरस्कारहरु र सम्मानहरु पनि प्रदान गर्दै आइरहेको छ।

हिन्दुस्थान समाचार / हनोक


 rajesh pande