
गान्तोक, 19 जनवरी (हि.स.)। विकसित भारत @2047 माथि तीन दिवसीय एकीकृत सञ्चार र आउटरिच कार्यक्रम (आईसीओपी) सोमवार ताजोङस्थित आईसीएआर सिक्किम केन्द्र क्याम्पसमा शुरु भएको छ। यो कार्यक्रम पत्र सूचना कार्यालय र केन्द्रिय सञ्चार ब्यूरोले ईसीएआर सिक्किम केन्द्रसँगको सहकार्यमा आयोजन गरिरहेको छ।
उक्त जानकारी आज पीआईबीले दिएको छ। आज पहिलो दिन, परिसर र वरपर पीआईबी र आईसीएआर कर्मचारीहरूले स्वच्छता ही सेवा अन्तर्गत सफाइ अभियान सञ्चालन गरेका छन्। आईसीएआरका क्षेत्रीय केन्द्र प्रमुख डा. अशोक कुमारले पनि एक पेड माँ के नाम अन्तर्गत बिरुवा रोपेका छन्।
ईपीएफओका क्षेत्रीय आयुक्त केसाङ एन तेञ्जिङले दिव्याङ्गजनको एकल वर्गको लागि प्यारा ब्याडमिन्टन प्रतियोगिताको उद्घाटन गरेका छन् र मानिस जीवनशैलीमा परिवर्तन ल्याउन फिट इण्डिया आन्दोलनको भूमिकाको प्रशंसा गरेका छन्। पुरुषको एकल प्रतियोगितामा निमा दोर्जी तामाङ च्याम्पियन बने भने अनुग्रह राई दोस्रो र तेञ्जिङ रिग्देन भोटिया तेस्रो स्थानमा रहे।
विद्यार्थीहरूका लागि चित्रकला प्रतियोगिता पनि आयोजन गरिएको छ। केन्द्रीय सञ्चार ब्यूरो र पीआईबीले केन्द्र सरकारको सफलताका कथाहरू उजागर गर्दै कार्यक्रमको एक भागको रूपमा एक प्रदर्शनीको आयोजन गरेको थियो।
भोलिको तालिकामा उद्घाटन समारोह, त्यसपछि प्राविधिक सत्र र चर्चाहरू अनि ३-दिने आईसीओपीको एक भागको रूपमा अन्ताक्षरी प्रतियोगिता सामेल छन्। यो कार्यक्रम एक आकर्षक तथा जानकारीमूलक अनुभव हुने वाचा गर्दछ, जसमा विभिन्न गतिविधि र अन्तरक्रियाहरू सामेल हुनेछन्।
---------------
हिन्दुस्थान समाचार / बिशाल