
जम्मू, 19 जनवरी (हि.स.)। नेशनल कन्फ्रेन्सका अध्यक्ष फारूक अब्दुल्लाले सोमवार भने, विस्थापित कश्मीरी पण्डितहरू आफ्नो घरमा फर्केकोमा हामी स्वागत गर्छौं। तथापि उनले यस कुरामाति सन्देह व्यक्त गरे, विस्थापित समुदाय फर्किन चाहन्छन् र! किनभने उनीहरूले देशका अन्य भागहरू जहाँ उनीहरू वर्तमानमा बसोबास गर्दै आइरहेका छन्,-मा आफ्नो नयाँ जीवन बसाइसकेका छन् र उनीहरूका छोरा-छोरीहरू शिक्षा एवं रोजगार गरिरहेका छन्।
पूर्व मुख्यमन्त्रीको उक्त बयान यस्तो समयमा आएको छ जतिबेला विस्थापित समुदायले 19 जनवरीको दिनलाई नरसंहार दिवसको रूपमा मनाइरहेका छन् जसले 1990 सालमा पाकिस्तान समर्थित आतंकवादीहरूद्वारा दिइएको धम्की एवं हत्याको कारणले उपत्याकाबाट उनीहरू पलायन भएको दिनलाई स्मरण गराउँछ। अब्दुल्लाले भने, केही कश्मीरी पण्डित परिवारहरूले उपत्याकालाई छोड़ेर कहिल्यै गएनन् र आज पनि उनीहरूले आफ्नो गाउँमै शान्तिपूर्वक जीवन व्यतित गरिरहेका छन्।
उनीहरू कश्मीर कहिले फर्किने हुन्, उनीहरूलाई कसले रोकिरहेको छ, उनीहरूलाई कसैले पनि रोकेको छैन। उनीहरू फर्केर आउनुपर्छ, किनभने यो उनीहरूको घर हो। केही कश्मिरी पण्डितहरू वर्तमानमा उपत्याकामै बसिरहेका छन्। उनीहरूले आफ्नो गाउँ छोड़ेनन्। पूर्व मुख्यमन्त्रीले कश्मीरी पण्डितहरूद्वारा गरिएको पुनर्वास एवं फिर्तीको मागलाई समर्थन गरिएकोमा भएको विरोध प्रदर्शनको बारेमा यस्तो जवाफ दिए।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा