नेपाल र भारतका पत्रकारहरुमाझ 'मिडिया कप फुटबल प्रतियोगिता' हुने
Indo nepal-football


सिलगढी, 05 जनवरी (हि.स.)। नेपाल र भारतका पत्रकारहरुद्वारा बलियो सम्बन्ध निर्माण गर्न र पर्यटन प्रवर्द्धन गर्न फुटबल खेल्ने भएका छन्। पहिलो 'भारत-नेपाल मेचीनगर मिडिया कप' फुटबल प्रतियोगिता आगामी ११ र १२ जनवरीमा झापाको काकडभिट्टा सीमामा नेपाल र भारतको उत्तर बंगाल र सिक्किम क्षेत्रका कार्यरत पत्रकारहरूबीच आयोजना हुनेछ।

यस मैत्री फुटबल टुर्नामेन्टको लागि सोमवार खेल तालिका पनि सार्वजनिक गरिएको छ। यो फुटबल टुर्नामेन्ट दुई राष्ट्रहरूबीचको बलियो सम्बन्ध बढाउने, विचार र समाचार साझा गर्ने र पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले गरिएको हो, कार्यक्रमको आयोजक प्रेस क्लब मेचीनगरका अध्यक्ष प्रकाश पौडेलले भने।

उनले जानकारी दिए अनुसार, काकडभिट्टा सरकारी विद्यालयको मैदानमा आठ मिडियासँग सम्बन्धित संस्थाका अधिकारीहरूसहित खेलाडीहरूले बल खेल्नेछन्। विजेताले पचास हजार नेपाली रुपियाँ नगद पुरस्कार पनि प्राप्त गर्नेछन् भने उप विजेताले 25 हजार रुपियाँ प्राप्त गर्नेछन। त्यसरी नै टुर्नामेन्टमा सहभागी खेलाडीहरुले सहभागिताको प्रमाणपत्रसहित पनि प्राप्त गर्नेछन्।

यसका साथै टुर्नामेन्टमा उत्कृष्ट गोलकिपर, अधिकतम गोल स्कोरर र उत्कृष्ट खेलाडीको लागि पनि पुरस्कार राखिएको छ। यस विषयमा पूर्वी नेपालको झापाका पर्यटन अधिकृत निरोज कट्टेलले प्रतियोगितापछि भारतीय पत्रकारहरूका लागि फेम टुरको पनि आयोजना गरिएको बताएका छन्।

कट्टेलका अनुसार, यस फुटबल खेलले युवाहरूमा सकारात्मक सन्देश मात्र दिने छैन, राष्ट्रहरूबीच पर्यटन र भाइचारालाई पनि बढावा दिनेछ। पूर्वी नेपालको काँकडभिट्टामा मिडिया अन्तरक्रियामार्फत यस ऐतिहासिक खेलको लोगो पनि आधिकारिक रूपमा सार्वजनिक गरिएको छ। यस कार्यक्रमलाई नागरिक निकायहरूसहित विभिन्न सरकारी तथा गैरसरकारी संस्थाहरूले समर्थन गरेका छन्।

हिन्दुस्थान समाचार / हनोक


 rajesh pande