
गुवाहाटी, 7 जनवरी (हि.स.)। गुवाहाटीमा पुलिसले हेरोइनसितै एक जना युवकलाई पक्राउ गऱ्यो। असम पुलिसका मुख्य जनसम्पर्क अधिकारीले आज बताए, विश्वसनीय सूत्रबाट प्राप्त जानकारीको आधारमा पुलिसको एक टीमले बुधवार सबेरै 2 नम्बर रेलवे गेट क्षेत्रमा अभियान संचालन गरी एकजना युवकलाई पक्राउ गऱ्यो। आरोपी युवकको पहिचान ऐनुल हक (25)-को रूपमा भएको छ।
पुलिस अनुसार जाँच गर्दा आरोपीबाट 6 वटा प्लास्टिकको भायलमा राखिएको संदिग्ध हेरोइनलाई जफत गरियो जसको वजन 11.7 ग्राम रहेको बताइएको छ। आरोपी वर्तमानमा लकटोकिया स्थित 2 नम्बर रेलवे गेट क्षेत्रमा बस्दै आएको छ भने उसको स्थायी ठेगाना धुबरी जिल्लाको फकिरगञ्ज थाना अन्तर्गत कोलापीठा गाउँ रहेको छ।
पान बजार पुलिसले मामिलामा आवश्यक कानूनी कारबाही शुरू गरेको छ भने आरोपीसित जाँचबुझ जारी छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा