
इम्फाल, 08 जनवरी (हि.स.)। मणिपुर पुलिसले इम्फाल पश्चिम जिल्लामा एकजना सक्रिय क्याडरलाई पक्राउ गरेपछि प्रतिबन्धित उग्रवादी संगठनमा बलजप्ती भर्ती गरिरहेका चारजना युवकहरूलाई बचाएको छ।
मणिपुर पुलिस मुख्यालयबाट बिहीवार जारी आधिकारिक बयानमा बताइएको छ, अधिकारीहरूले गत 6 जनवरीको दिन पात्सोई पुलिस स्टेशन अधिनस्थ तक्येल खोंगबल मानिंग लिकाई लैरेम्बी लिराकमा घरबाटै 37 वर्षीय फामडोम दिनेश सिंहलाई हिरासतमा लिएको थियो जसलाई वांगबा औ थेम्बुंगको नामले पनि चिनिन्छ।
दिनेश सिंह प्रतिबन्धित कांगलेइपाक कम्युनिस्ट पार्टी (एमएफएल)- का एकजना सक्रिय सदस्य हुन् र कथित रूपमा संगठनमा युवाहरूलाई भर्ती गर्ने अभियानमा खटिएका थिए। जाँचबुझमा दिनेशले बताए, लैंगजिंगमा एउटा भाड़ाको घरमा चारजना मानिसहरूलाई बन्द गरेर राखिएको छ। त्यसपछि पुलिसले यी चारैजना मानिसहरूलाई मुक्त गरायो। पुलिसले आरोपीबाट एउटा मोबाइल ह्याण्डसेट र रेजिस्ट्रेशन बिनाको बजाज पल्सर मोटरसाइकल जफत गरेको छ।
यस पक्राउले यो चिन्तालाई अझ जटिल बनाइदिन्छ कि उग्रवादी समूहले यस क्षेत्रका कमजोर युवाहरूलाई लक्षित गरेर आफ्नो सदस्यहरूको संख्या बढ़ाउने प्रयास गरिरहेकोछ। अधिकारीहरूले सुरक्षा कारणले बचाइएका मानिसहरूको पहिचानलाई सार्वजनिक गरेको छैन।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा