मुख्यमन्त्री तामाङले मनकामना मन्दिरको दर्शन गरे, राज्य अनि राष्ट्रको समग्र विकास, शान्ति र प्रगतिका लागि प्रार्थना गरे
मुख्यमन्त्री प्रेमसिंह तामाङ मनकामना मन्दिरमा।


गान्तोक, 09 जनवरी (हि.स.)। मुख्यमन्त्री प्रेमसिंह तामाङले नेपालस्थित देवी भगवतीलाई समर्पित पवित्र मनकामना मन्दिरको दर्शन गरेका छन्। उनले मन्दिरमा पूजा-अर्चना गरी राज्य अनि राष्ट्रको समग्र विकास, शान्ति र प्रगतिका लागि श्रद्धापूर्वक प्रार्थना अर्पण गरे। उक्त जानकारी मुख्यमन्त्रीले आज बिहान सामाजिक सञ्जाल फेसबुक पोस्टमा दिएका छन्।

मुख्यमन्त्री तामाङले उच्च पहाडको शिखरमा अवस्थित यो मन्दिरले गहिरो आध्यात्मिक शान्ति प्रदान गर्नुका साथै मनमा आन्तरिक शान्ति, आनन्द, सौहार्द र तृप्तिको अनुभूति गराएको अनुभव साझा गरेका छन्। उनले दर्शनका क्रममा सिक्किमका जनताको कल्याण, सुख–समृद्धि र उन्नतिका लागि, गरिब, बिरामी तथा कमजोर वर्गको उत्थानका लागि, साथै राज्य र राष्ट्रको समग्र विकास, शान्ति र प्रगतिका लागि श्रद्धापूर्वक प्रार्थना अर्पण गरेको जनाएका छन्।मुख्यमन्त्रीले “वसुधैव कुटुम्बकम्” सम्पूर्ण विश्व एक परिवार हो भन्ने महान दर्शन उल्लेख गर्दै यसबाट प्रेरित बनेर विश्वभरिका जनताको कल्याण, शान्ति र सौहार्दका लागि पनि प्रार्थना गरेको पनि बताएका छन्।उनले आफ्नो यस तीर्थयात्राका क्रममा सहयोग र सहकार्य प्रदान गर्ने सम्पूर्ण महानुभावहरूप्रति हार्दिक कृतज्ञता व्यक्त गरेका छन्। मुख्यमन्त्रीले उनीहरूको दयालुता, समर्पण र सहयोग अत्यन्तै सराहनीय रहेको, जसलाई सधैं सम्मानका साथ स्मरणीय गरिने बताएका छन्।

---------------

हिन्दुस्थान समाचार / बिशाल


 rajesh pande