स्वास्थ्य मन्त्री ढुङ्गेलले जोरथाङ सीएचसीमा नवस्थापित डालिसिस युनिटको निरीक्षण गरे
स्वास्थ्य मन्त्री ढुङ्गेलले जोरथाङ सीएचसीमा नवस्थापित डालिसिस युनिटको निरीक्षण गरे


गान्तोक, 09 जनवरी (हि.स.)। सिक्किम सरकारको स्वास्थ्य विभागका मन्त्री जीटी ढुङ्गेलले आज जोरथाङ सीएचसीको भ्रमण गरेर नव​स्थापित डायलिसिस युनिटको उद्घाटनलाई लिएर चलिरहेको तयारीको समीक्षा गरेका छन्। यस भ्रमण अवधि स्वास्थ्य विभागका सचिव छेवाङ ग्याछो पनि उपस्थित थिए।

यस डायलिसिस युनिटको उद्घाटन आगामी 14 जनवरीका दिन मुख्यमन्त्री प्रेमसिंह तामाङको बाहुलीद्वारा गरिने स्वास्थ्य विभागले बताएको छ। भ्रमणको उद्देश्य उद्घाटन अघि सबै आवश्यक व्यवस्थाहरू पूरा भएको सुनिश्चित गर्नु रहेको थियो। यस क्रममा मन्त्री र सचिवले डायलिसिस युनिट, उपकरण, उर्जा तथा जलापूर्ति प्रणाली, स्वच्छता, संक्रमण नियन्त्रण प्रोटोकल लगायत डायलिसिस सेवा आवश्यक पर्ने बिरामीहरूलाई सुरक्षित र गुणस्तरीय हेरचाह प्रदान गर्न सुविधाको समग्र तत्परताको विस्तृत रूपमा निरीक्षण गरे।

समीक्षाको क्रममा टोलीले रहल कामहरू जस्तै डायलिसिस मेसिनहरूको स्थापना र सहज सञ्चालनका लागि कर्मचारीहरूको तयारीको मूल्याङ्कन गर्‍यो। जोरथाङ सीएचसीमा डायलिसिस युनिटको सञ्चालनले गान्तोकको एसटीएनएम अस्पतालमा पर्ने भार कम गर्ने, साथै नाम्ची जिल्ला र छेउछाउका क्षेत्रहरूमा बिरामीहरूको लागि डायलिसिस सेवाहरूमा पहुँचमा उल्लेखनीय सुधार गर्ने विभागले विश्वास व्यक्त गरेको छ।

यो पहलले स्वास्थ्य पूर्वाधारलाई सुदृढ़ पार्ने र तृणमूल स्तरका मानिसहरूलाई महत्वपूर्ण स्वास्थ्य सेवाहरू पहुँचयोग्य बनाउने कुरा सुनिश्चित गर्ने सिक्किम सरकारको निरन्तर प्रतिबद्धतालाई प्रतिबिम्बित गर्दछ भनी विभागले बताएको छ।

हिन्दुस्थान समाचार / बिशाल


 rajesh pande