मुख्यमन्त्रीले 47औं जुनियर ब्वोइज राष्ट्रिय ह्याण्डबल च्याम्पियनशिपको गरिन् शुभारम्भ
मुख्यमन्त्रीले 47औं जुनियर ब्वोइज राष्ट्रिय ह्याण्डबल च्याम्पियनशिपको गरिन् शुभारम्भ


नयाँ दिल्ली, 10 जनवरी (हि.स.)। दिल्लीकी मुख्यमन्त्री रेखा गुप्ताले शनिवार यहाँको सर्वोदय विद्यालय पितमपुरामा 47औं जुनियर ब्वोइज राष्ट्रिय ह्याण्डबल च्याम्पियनशिपको शुभारम्भ गरिन्।

मुख्यमन्त्रीले एक्स पोस्टमा भनिन्, आज सर्वोदय विद्यालय पितमपुरामा बाल-बालिकाहरूसित भेटेर दिनको शुरूआत गरियो। उनले उनिन्, बाल्यकाल त्यो समय हुन्छ जतिबेला हरेक दिन केही बन्ने तयारी गर्दछ र हरेक प्रतियोगिताले सिक्ने र अगाड़ी बढ़्ने एउटा अवसर दिन्छ।

मुख्यमन्त्रीले देशभरिबाट आएका युवा खेलाड़ीहरूलाई प्रतियोगिताको लागि शुभकामना दिइन्। उनले खेलाड़ीहरूसित फोकस राख्ने, हृदयबाटै खेल्ने तथा हरेक म्याचबाट सिकेर फर्किने आग्रह गरिन्।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande