
पश्चिम मेदिनीपुर, 10 जनवरी (हि.स.)। पश्चिम बंगालमा यसै वर्ष 2026-मा हुने विधानसभा चुनाउपूर्व प्रशासनिक सुदृढ़ीकरणको प्रक्रिया द्रूत गतिमा अगाड़ि बढ़िरहेको छ। जिल्लाको कानून-व्यवस्थालाई अझ बढ़ी अभेद्य बनाउन तथा प्रशासनिक कार्यहरूमा गतिशीलता ल्याउने उद्देश्यले पश्चिम मेदिनीपुरका जिल्ला पुलिस अधीक्षक (एसपी) पलाश ढालीले एउटा महत्वपूर्ण कदम उठाएका छन्। पुलिस अधीक्षकको निर्देशमा जिल्लाका 41 जना उपनिरीक्षक (एसआई) स्तरका अधिकारीहरूलाई तत्काल प्रभावदेखि स्थानान्तरण गरिएको छ। यस सम्बन्धमा गए शुक्रवार साँझ पुलिस अधीक्षक कार्यालयबाट एक आधिकारिक आदेश (जिल्ला आदेश संख्या- 46) जारी गरिएको छ।
पुलिस अधीक्षक पलाश ढालीले स्पष्ट पारेका छन्, यो कदम जनहित तथा प्रशासनिक अनिवार्यतालाई मध्यनजर गर्दै उठाइएको हो। आदेशानुसार स्थाान्तरित सबै 41 जना अधिकारीहरूले आगामी 15 जनवरी, 2026-सम्ममा आ-आफ्नो वर्तमान दायित्वलाई सुम्पिएर नयाँ कार्यस्थलमा पदभार ग्रहण गर्नुपर्नेछ।
राजनीतिक विशेषज्ञहरूको मान्यता छ, चुनाउ घोषण हुनअघि पुलिस विभागमा गरिएको यो व्यापक फेरबदल जिल्ला पुलिसको रणनीतिको एक भाग हो। यस आदेशलाई तुरून्तै प्रभावकारी बनाउने जिम्मेवारी सबै अतिरिक्त पुलिस अधीक्षक तथा अनुमण्डल पुलिस अधिकारी (एसडीपीओ)-हरूलाई सुम्पिइएको छ। जिल्लाका विभिन्न थानाहरू जस्तै-केशपुर, डेबरा, गड़वेता र खड़गपुर टाउनमा अधिकारीहरूको नयाँ तैनाथीबाट सुरक्षा व्यवस्थालाई नयाँ शिराबाट संगठित बनाउने प्रयास गरिएको छ।
---------------
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा