सिलगढ़ी ब्वोइज हाई स्कूलमा ट्राफिक जागरूकता शिविर, उत्साहित देखिए छात्रहरू
सिलगढ़ी ब्वोइज हाई स्कूलमा ट्राफिक जागरूकता शिविर, उत्साहित देखिए छात्रहरू


सिलगढ़ी, 10 जनवरी (हि.स)। सिलगढ़ी मेट्रोपोलिटन पुलिसको पानीट्याङ्की ट्राफिक गार्डको पहलमा शनिवार सिलगढ़ी ब्वोइज हाई स्कूलमा ट्राफिक जागरूकता शिविर आयोजना गरियो। यस शिविरको मुख्य उद्देश्य विद्यार्थीहरूमाझ ट्राफिक नियमहरूलाई लिएर जागरूकता फैलाउनु थियो।

कार्यक्रममा सिलगढ़ीड ट्राफिक विभागका एसीपी अनिर्बान मजुमदार, पानीट्याङ्की ट्राफिक गार्डका केही पुलिस अधिकारी तथा स्कूलका शिक्षकहरू उपस्थित थिए। शिविर अवधि विद्यार्थीहरूमा विशेष उत्साह देख्न पाइयो।

ट्राफिक जागरूकता शिविरमा ट्राफिक सिग्नल, सड़क पार गर्ने नियम, हेलमेट र सीट बेल्ट प्रयोगको महत्व तथा ट्राफिक कानूनहरूको पालन किन आवश्यक छ जस्ता विषयहरूमा सरल भाषाहरूमा छात्रहरूलाई बुझाइयो। कार्यक्रम भाषणसम्म मात्र सीमित नरहेर प्रश्नोत्तर सत्रको पनि आयोजन गरियो जसमा छात्रहरूको सक्रिय सहभागिता रह्यो।

छात्रहरूलाई ट्राफिक सिग्नल देखाएर त्यसलाई चिन्हित गरियो तथा ट्राफिकसित सम्बन्धित प्रश्नहरू सोधियो। सही उत्तर दिने छात्रहरूलाई पुरस्कार प्रदान गरी प्रोत्साहित गरियो जसबाट छात्रहरूमा अझ बढ़ी जोश र रूचि देख्न पाइयो।

यस अवसरमा एसीपी अनिर्बान मजुमदारले भने, यी नानीहरू हाम्रो भविष्य हुन्। यदि हामीले भावी पिँढ़ीलाई बाल्यकालदेखि नै जागरूक बनायौं भने भविष्यमा समाज तथा देश दुवै अधिक सुरक्षित एवं अनुशासित हुनेछन्। ट्राफिक नियमहरूको पालन कानून मात्र नभएर हामी सबैको जिम्मेवारी हो।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande