चम्पाहाटीमा पटाका फ्याक्ट्रीमा विस्फोट, चार जना घाइते
चम्पाहाटीमा पटाका फ्याक्ट्रीमा विस्फोट, चार जना घाइते


दक्षिण 24 परगना, 10 जनवरी (हि.स.)। दक्षिण 24 परगना जिल्लाको चम्पाहाटी क्षेत्रस्थित हाराल गाउँमा शनिवार बिहान एउटा पटाका फ्याक्ट्रीमा भयानक विस्फोट भयो। यस घटनामा न्यूनतम पनि चार जना मानिसहरू घाइते भएको समाचार छ। स्थानीय मानिसहरूले घाइतेहरूलाई तुरून्तै बाहिर निकालेर अस्पतालमा पुऱ्याए।

प्रत्यक्षदर्शीहरू अनुसार विस्फोटको तीव्रता यति धेरै थियो कि घटनास्थल वरपरका रूखहरू समेत पूर्ण रूपले जलेका छन्। विस्फोटको कारणले पटाका फ्याक्ट्रीको छत उड़्नको साथै सम्पूर्ण घर पूर्ण रूपले क्षतिग्रस्त भएको छ। विस्फोटपछि फ्याक्ट्रीमा आगो लाग्यो जसलाई निभाउने काम जारी छ।

घटनाको सूचना पाए लगत्तै बारूइपुर थानाबाट पुलिस तथा दमकल विभागको टीम घटनास्थलमा पुग्यो। सतर्कताको रूपमा सम्पूर्ण क्षेत्रलाई कड़ा सुरक्षा घेराभित्र घेराबन्दी गरिएको छ। दमकलकर्मीहरूले आगोलाई निभाउने चेष्टा गरिरहेका छन्।

प्रारम्भिक जाँचमा थाहा लागे अनुसार विस्फोट भएको पटाका फ्याक्ट्री अवैध रूपमा संचालन हुँदै आएको थियो। पुलिसले यो जाँच गरिरहेको छ कि यसको पछाड़ि को-को सामेल छन्। तथापि स्थानीय मानिसहरू यस मामिलामा खुलेर केही भन्नदेखि बचिरहेका छन्। नाम नबताउने शर्तमा एकजा स्थानीयले भने, लगातार तीन पटक विस्फोट भएको सुनियो र घाइतेहरूको अनुहार जलेको छ।

हाल पुलिस प्रशासनको पक्षबाट यस घटनालाई लिएर कुनै आधिकारिक बयान जारी गरिएको छैन।

उल्लेखनीय छ, यसपूर्व दिसम्बर 2024-मा पनि चम्पाहाटी ग्राम पञ्चायतको हाराल गाउँस्थित सरदारपाड़ा क्षेत्रमा यसरी नै एक अवैध पटाका फ्याक्ट्रीमा विस्फोट भएको थियो जसमा तीन जना मानिसहरू जलेका थिए। त्यसैले प्रश्न उठिरहेको छ, उक्त घटनापछि प्रशासनको निगरानी पर्याप्त थियो कि थिएन?

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande