मुख्यमन्त्री स्वर्ण कप: ओएल इण्डिया एफसीलाई रेड पाण्डा एफसीले जित्यो
मुख्यमन्त्री स्वर्ण कप: ओएल इण्डिया एफसीलाई रेड पाण्डा एफसीले जित्यो


नाम्ची, 09 जनवरी (हि.स.)। जोरथाङ फुटबल स्टेडियममा चलिरहेको 11औं अखिल भारतीय मुख्यमन्त्री स्वर्ण कप फुटबल प्रतियोगिताको आज पॉंचौं दिन रेड पाण्डा एफसी, सिक्किम र ओएल इण्डिया एफसी, असमबीच रोमाञ्चक खेल सम्पन्न भयो। यस खेलको विजेता पेनल्टी शूट-आउटद्वारा गरियो, जसमा रेड पाण्डा एफसी 5-4 ले विजयी बन्यो। विजेता दलका खेलाडी इञ्चेन तामाङलाई म्यान अफ् द म्याच चयन गरियो।

आज नाम्ची जिल्ला अध्यक्ष अन्जिता राजालिम मुख्य अतिथि थिइन् भने सिक्किम पोल्ट्री विकास बोर्डकी अध्यक्ष दिलकुमारी छेत्री विशिष्ट अतिथि थिइन्। यसैगरी, मुख्यमन्त्रीका राजनीतिक सचिव जेकब खालिङ, मुख्यमन्त्रीका प्रेस सचिव युगेन तामाङ, सोरेङ जिल्लाका उपाध्यक्ष सीबी शाह शंकर आदि पनि उपस्थित थिए।

यस अघि राज्यस्तरीय अन्तर निर्वाचन क्षेत्रस्तरीय फुटबल प्रतियोगिता अन्तर्गत गान्तोक र जङ्गुबीच तेस्रो क्वार्टर फाइनल खेल सम्पन्न भएको थियो। यस खेलमा जङ्गुले प्रतिद्वन्दी दल गान्तोकलाई 3-0 गोलले पराजित गऱ्यो। विजयी दलका खेलाडी टीटी लेप्चालाई म्यान अफ् र म्याच चयन गरियो।

हिन्दुस्थान समाचार / बिशाल


 rajesh pande