एसआईआरको सुनवाईमा आवश्यक परेमा खरसाङ पञ्चायत समितिद्वारा सहयोग गर्ने
Anu pradhan


खरसाङ, 08 जनवरी (हि.स.)। खरसाङ खण्ड विकास कार्यालयमा चलिरहेको मतदाता गहन पुनरीक्षण (एसआईआर) को सुनवाईमा जनसाधारणलाई पर्न जाने दस्तावेज सम्बन्धित समस्यामा पञ्चायत समितिले सहयोग गर्ने भएको छ। जनसाधारणलाई कुनै पनि सहयोग चाहिएमा खरसाङ पञ्चायत समितिको तर्फबाट हेल्प डेक्समार्फत सहयोग प्रदान गरिने बताइएको छ। खरसाङ पञ्चायत समितिकी सभापति अनु प्रधानले जनसाधारणलाई चिन्तित नभई दिन आह्वान पनि गरेकी छन्।

उनले पत्रकारहरुसित कुराकानी गर्दै कागज पत्र सम्बन्धित कामकाजको लागि जनसाधारणलाई समिति कार्यालयमा आएर सम्पर्क गर्न सक्ने बताएकी छन्। उनले एसआईआर विषयमा साथै यसको सुनवाईलाई लिएर जनसाधारणलाई आतंकित नभइदिन आह्वान गर्दै कुनै पनि प्रकारको सहयोग चाहिएमा खरसाङ पञ्चायत समिति सहयोग गर्न तत्पर रहेको बताएकी छन्।

हिन्दुस्थान समाचार / हनोक


 rajesh pande