
नयाँ दिल्ली, 09 जनवरी (हि.स.)। साकेत कोर्टको पाँच तलाबाट हाम फालेर 60 प्रतिशत दिव्यांग कर्मचारीले शुक्रवार आत्महत्या गरे। तिनी जज नन्दिनी गर्गको कोर्टमा एक जना कर्मचारीको रूपमा तैनाथ थिए। आत्महत्याको घटनापछि साकेत कोर्टका सबै कर्मचारीहरू धरनामा बसे। यस घटनाप्रति वकिल औ राष्ट्रिय दिव्यांग अधिकार मञ्चका अध्यक्ष दिलीप कुमारले रोष व्यक्त गर्दै मामिलाको न्यायिक जाँच गर्ने माग गरेका छन्।
हरिश सिंह महारले घटनास्थलमा एउटा नोट छोड़ेका छन् जसमा कामको अत्यधिक दबावको कुरा उल्लेख गरिएको छ। नोटमा भनिएको छ, अहलमद- को काम सम्हालेदेखि नै तिनलाई आत्महत्या गर्ने विचार आउन थालेको थियो, तर यो विचार तिनले कसैसित साझा गरेनन्। नोटमा भनिएको छ, तिनलाई आफ्नो समस्याको समाधान हुन्छ भन्ने लागेको थियो, तर तिनी विफल भए।
सुसाइड नोटमा भनिएको छ, तिनको लागि अहलमद-को काम धेरै कठिन हो। तिनी राति राम्ररी सुत्न सक्दैन थिए। तिनले सोच्थे, यदि चाँड़ै सेवाबाट विदा लिए पनि सेवानिवृत्तको लाभ तिनलाई 60 वर्ष पुगेपछि मात्र प्राप्त हुन्छ। सुसाइड नोटमा हरिश सिंह महारले दिल्ली उच्च न्यायालयसित आग्रह गरेका छन्, अबदेखि उसले कुनै दिव्यांगलाई कुनै हल्का जिम्मेवारी भएको पद देओस्।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा