
कोलकाता, 09 जनवरी (हि.स.)। पश्चिम बंगाल विधानसभामा नेता प्रतिपक्ष शुभेन्दु अधिकारीले बितेको बिहीवार अबेर राति सोशल मीडिय प्लेटफर्म एक्स (पूर्वमा ट्विटर)-मा पोस्ट गरी भारतको राष्ट्रिय चुनाउ आयोग (ईसीआई)-प्रति आभार व्यक्त गरेका छन्। उनले भने, चुनाउ आयोगले विशेष परिस्थितिलाई ध्यानमा राख्दै एसआईआर (स्पेशल इन्टेन्सिभ रिभीजन) प्रक्रियाको सुनवाईमा केही वर्गका मतदाताहरूलाई व्यक्तिगत रूपमा उपस्थित हुनदेखि छुट दिनको लागि तीन वटा महत्वपूर्ण निर्देश जारी गरेको छ जुन सराहनीय कदम हो।
आफ्नो पोस्टमा शुभेन्दु अधिकारीले लेखे, यस फसेलाबाट ती मतदाताहरूले ठूलो राहत पाउनेछन् जो हाल राज्य बाहिर बस्दै आइरहेका छन्। यसमा राज्य बाहिर पढ़िरहेका विद्यार्थीहरू, अस्पतालमा भर्ती रोगी, राज्य बाहिर अस्थायी रूपमा काम गरिरहेका निजी क्षेत्रका कर्मचारीहरू, राज्य बाहिर तैनाथ सरकारी कर्मचारीहरू, सैन्य बल तथा अर्धसैनिक बलमा कार्यरत जवानहरू, राज्य बाहिर पोस्टिंग भएका पीएसयू कर्मचारी एवं विदेशमा बस्ने मतदाताहरू सामेल छन्।
उनले बताए, यी सबै श्रेणिका मतदाताहरूलाई अब एसआईआर प्रक्रियाको सुनवाईमा व्यक्तिगत रूपमा उपस्थित हुने बाध्यतादेखि छुट दिइएको छ। यसको साथै चुनाउ आयोगले यो पनि व्यवस्था गरेको छ, यस्ता मतदाताहरूका परिवारका सदस्यहरूले आवश्यक दस्तावेजको साथमा प्रतिनिधिको रूपमा सुनवाईमा भाग लिन सक्नेछन्।
शुभेन्दु अधिकारी मुताविक चुनाउ आयोगको यो निर्णय हजारौं मतदाताहरूको लागि ठूलो राहत साबित हुनेछ अनि लोकतान्त्रिक प्रक्रियामा उनीहरूको सहभागिता सुनिश्चित गर्नमा मद्दत गर्नेछ। उनले भने, ईसीआईको यो कदम व्यवहारिक र जनहितमा छ जसबाट बाध्यतावश बाहिर बस्दै आइरहेका मानिसहरूको अधिकार सुरक्षित रहनेछ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा