ज्यानमारा धम्कीले जनताको सेवा गर्नदेखि रोक्न सक्दैनः राज्यपाल
ज्यानमारा धम्कीले जनताको सेवा गर्नदेखि रोक्न सक्दैनः राज्यपाल


कोलकाता, 09 जनवरी (हि. स.)। पश्चिम बंगालका राज्यपाल सी. वी. आनन्द बोसले भनेका छन्, ई-मेलको माध्यमबाट प्राप्त ज्यानमारा धम्कीले उनको “बंगालका आम मानिसहरू”-को लागि काम गर्ने संकल्पलाई कमजोर बनाउन सक्दैन। गए बिहीवार राज्यपालले दाबी गरे, यो धम्की “बंगालका आम मानिसहरूको पक्षमा मेरो लड़ाईँलाई रोक्ने चेष्टा” हो र यसअघि पनि उनलाई यस किसिमको धम्की प्राप्त भइसकेको छ।

राज्यपाल बोसले भने, सुरक्षा गार्ड बिनै उनी कोलकाताका सड़कहरूमा उत्रिनेछन् अनि “बंगालका मानिसहरूले उनको रक्षा गर्नेछन्”। उनले भने, यस्ता धम्कीहरूले मलाई बंगालका मानिसहरूको लागि काम गर्नदेखि रोक्न सक्दैन। बंगाल मेरो घर हो, म बंगालको छोरा हुँ। म यस धरनतीको लागि आफ्नो ज्यान दिन समेत डराउँदिनँ।

राज्यपालले पछिल्लो वर्षको मुर्शिदाबाद दौड़ाहको उल्लेख गर्दै भने, त्यसताक उनलाई कसैले एउटा “जिँदो देशी बम” हातमा दिएको थियो जसलाई उनका एडीसीले तुरून्तै पानीले भरिएको टबमा राखिदिएका थिए। उनले यसलाई “भाग्यले बचेको” घटना बताए। राज्यपाल जो यसै महिनाको शुरूमा 75 वर्षका भएका छन्,-ले संकेत दिए, ताजा धम्की उनले राज्यका मानिसहरूको समस्यालाई लिएर खोलेर बोलेकोसित सम्बन्धित हुनसक्छ।

अधिकारीहरू अनुसार राज्यपाल बोसलाई गए बिहीवार राति ई-मेलको माध्यमबाट धम्की दिइएको थियो जसमा उनलाई “ब्लास्ट” गरिदिने कुरा बताइएको छ। ई-मेलमा आरोपीले आफ्नो मोबाइल नम्बर पनि लेखेको छ। कारबाही गर्दै पुलिसले आरोपीलाई कोलकाता नजिक सल्ट लेक क्षेत्रबाट पक्राउ गरेको छ।

लोकभवनका एक जना वरिष्ठ अधिकारीले बताए, घटनापछि राज्यपालको सुरक्षा बढ़ाइएको छ। राज्यपाल बोसलाई पहिलाबाटै ‘जेड-प्लस’ सुरक्षा प्राप्त छ भने अब उनको संरक्षणको लागि लगभग 60-70 केन्द्रिय पुलिसकर्मीलाई तैनाथ गरिएको छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande