
नाम्ची, 08 जनवरी (हि.स.)। जोरथाङ फुटबल स्टेडियममा जारी 11औं अखिल भारतीय मुख्यमन्त्री स्वर्ण कप फुटबल प्रतियोगिताको चौथो दिन आज सिक्किम पुलिस र राम्लुन एफसी, मिजोरमबीच कड़ा प्रतिस्पर्धा भयो। मिजोरमले प्रतिद्वन्दी दल सिक्किम पुलिसलाई 2-1 गोलले पराजित गरेर अर्को चरणमा प्रवेश गरेको छ। विजयी दलका खेलाड़ी केवी ह्रियात्ज़ुआलालाई म्यान अफ् द म्याच चयन गरियो।
आज तिमी नामफिङ निर्वाचन क्षेत्रका विधायक बीएस पन्त मुख्य अतिथि तथा सोरेङ जिल्लाका उपाध्यक्ष सीबी शाह शंकर विशिष्ट अतिथि थिए। यस प्रतिष्ठित प्रतियोगिताको आयोजना जोरथाङ फुटबल संघले सिक्किम सरकारको खेलकुद एवं युवा मामिला विभागर माघे संक्रान्ति आयोजक समितिको संयुक्त तत्वावधानमा गरिरहेको छ।
हिन्दुस्थान समाचार / बिशाल