द्रूत गतिको बाइक रूखसित ठोक्किँदा एकजनाले गुमाए ज्यान
द्रूत गतिको बाइक रूखसित ठोक्किँदा एकजनाले गुमाए ज्यान


कुचबिहार, 8 जनवरी (हि.स)। जिल्लाको माथाभांगा दुई नम्बर ब्लक अन्तर्गत फूलबाड़ी क्षेत्रमा भएको एक भीषण बाइक दुर्घटनामा स्वपन राय (23) नामक युवकको मृत्यु भयो। यस दुर्घटनामा बाइक सवार दुईजना युवकहरू गम्भीर रूपमा घाइते भएका छन्।

स्थानीय सूत्र अनुसार फालाकाटादेखि बाइकमा सवार भएर तीनजना युवकहरू गए बुधवार राती फूलबाड़ी तर्फ गइरहेका थिए। यसै क्रममा फूलबाड़ी हाई स्कूल नजिकै अवस्थित आंगनबाड़ी केन्द्र निकट पुग्नसाथ बाइक अनियन्त्रित भयो। द्रूत गति भएको कारणले बाइक सोझै सड़क किनारको रूखमा ठोक्कियो। क्षणभरमै सम्पूर्ण दृश्य भयानक भयो। दुर्घटनाको आवाज सुनेर स्थानीय मानिसहरू घटनास्थलमा पुगेय़

घोकसाडांगा थानाको पुलिसले तुरन्त घटनास्थलमा पुगेर तीनै घाइतेहरूलाई फालाकाटा सुपर स्पेशियलिटी अस्पतालमा पुऱ्यायो जहाँ डाक्टरहरूले धुपगुड़ी ब्लकको पुण्डीबाड़ी निवासी स्वपन रायलाई मृत घोषित गरिदिए। घाइतेहरूमा राहुल बर्मनको अवस्था गम्भीर रहेको बताइएको छ जो फूलबाड़ी निवासी हो। तेस्रो युवक शंकर रायको उपचार भइरहेको छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande