
सोनारपुर, 08 जनवरी (हि.स.)। सियालदह दक्षिण शाखाको सोनारपुर रेलवे स्टेशनमा बिहीवार बिहान ट्रेनहरू लगातार विलम्ब गरी चलिरहेकोमा यात्रीहरू आक्रोशित भए। बिहान 08:42 बजे निर्धारित समयमा सोनारपुर लोकल नआएको कारणले असन्तुष्ट यात्रीहरूले रेलको ट्र्याकमा झरेर विरोध प्रदर्शन गर्न शुरू गरे जसले गर्दा व्यस्त सममा रेल परिचालन प्रभावित भयो।
प्राप्त जानकारी अनुसार कार्यालय, स्कूल औ महाविद्यालय जाने सयकड़ौंं यात्रीहरू निर्धारित समयमा ट्रेन नआएको कारणले चिन्तित भए। यात्रीहरूको भनाइ छ, यस मार्गमा ट्रेनहरू विलम्ब गरी परिचालन हुनु अब सामान्य कुरा भइसकेको छ। बारम्बार सिकायत गर्दा पनि रेलवे प्रशासनद्वारा अहिलेसम्म कुनै स्थायी समाधान गरिएको छैन।
रेल अवरोध गरिेको सूचना पाउनसाथ सोनारपुर राजकीय रेलवे पुलिस तथा रेलवे सुरक्षा बलका अधिकारीहरू घटनास्थलमा पुगे। लगभग 20 मिनटसम्म चलेको यस रेल चक्का जामको घटनाले सियालदह तर्फ जाने केही ट्रेनहरू विभिन्न स्टेशनहरूमा रोकिन बाध्य भए। सुरक्षा बलहरूले प्रदर्शन गरिरहेका यात्रीहरूलाई सम्झाउँदै आवश्यक कारबाही गर्ने आश्वासन दिए जसपश्चात बिहान 9 बजे अवरोध समाप्त भयो।
रेलवे प्रशासनको आश्वासन पश्चात बिस्तारै स्थिति सामान्य भयो अनि ट्रेन सेवा बहाल भयो। तथापि यात्रीहरूले स्पष्ट चेताउनी दिएका छन्, यदि ट्रेनहरूको समयबद्धतामा चाँड़ै सुधार नगरिए आगामी दिनमा उनीहरू झन् ठूलो आन्दोलन गर्न बाध्य हुनेछन्।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा