
गुवाहाटी, 08 जनवरी (हि.स.)। राजधानी गुवाहाटीको लोखरा चाराली क्षेत्रको गड़भंगा सड़क किनारमा अवस्थित एक वर्कशपमा अचानक आगो लागेको कारणले त्यहाँ भएका सबै सामग्रीहरू जलेर खरानी भएको छ। वर्कशप सुजित सिंह नामक व्यक्तिको रहेको बताइएको छ।
यस आगलागीमा चारवटा नयाँ सुपर बसको चेचिस तथा मरम्मतको लागि राखिएका अन्य बसहरू पूर्ण रूपले जलेर स्वाहा भएको छ। गए बुधवारको मध्य राती लगभग 12 वर्कशपमा आगो लागेको थियो। तर आगो कसरी लाग्यो अहिलेसम्म स्पष्ट हुन सकेको छैन।
उल्लेखनीय छ, राती वर्कशपमा मरम्मतको कुनै पनि काम भइरहेको थिएन तथापि आगो कसरी लाग्यो यो रहस्यको विषय भएको छ। मानिसहरूको सूचनामा दश वटाभन्दा अधिक अग्निशमनका वाहनहरूले घटनास्थलमा पुगेर आगोलाई नियन्त्रण गरे। तर त्यसबेलासम्ममा वर्कशपका सबै वाहनहरू जलेर खरानी भइसकेको थियो। पुलिसले दुर्घटनाको कारण अनि नोक्सानको मूल्यांकन गर्नको लागि जाँच गरिरहेको छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा