
नाम्ची, 05 जनवरी (हि.स.)। प्रतिष्ठित माघे संक्रान्ति मेला 2026 अन्तर्गत सोमवारदेखि जोरथाङ फुटबल स्टेडियममा 11औं अखिल भारतीय मुख्यमन्त्री स्वर्ण कप फुटबल प्रतियोगिता शुरू भएको छ। उद्घाटन समारोहमा आज सिक्किम विधानसभा अध्यक्ष एमएन शेर्पा मुख्य अतिथि थिए। यसैगरी, सालघारी जूम निर्वाचन क्षेत्रका विधायक मदन सिन्चुरी, मुख्यमन्त्रीका राजनीतिक सचिव जेकब खालिङ, मुख्यमन्त्रीका प्रेस सचिव युगेन तामाङ तथा अन्य गणमान्य व्यक्तिहरू उपस्थित थिए।
मुख्य अतिथि शेर्पाले 11औं अखिल भारतीय मुख्यमन्त्री स्वर्ण कप फुटबल प्रतियोगिता शुरू भएको घोषणा गरे। प्रतियोगिताको पहिलो खेल रेड पाण्डा फुटबल क्लब, सिक्किम र न्यूटाउन स्पोर्ट्स एकेडेमी, कोलकाताबीच सम्पन्न भयो, जसमा रेड पाण्डा एफसी 2-0 गोलले विजयी रह्यो। विजयी दलका खेलाड़ी किरण गुरुङलाई म्यान अफ् द म्याच चयन गरियो।
यस प्रतियोगिताको आयोजना जोरथाङ फुटबल एसोसिएशनले खेलकुद एवं युवा मामिला विभाग, सिक्किम फुटबल एसोसिएशन र माघे संक्रान्ति मेला आयोजक समिति 2026 को संयुक्त तत्वावधानमा गरिरहेको छ। यस प्रतियोगितामा कुल 16 फुटबल क्लबले भाग लिइरहेका छन् भने विजेता दललाई नगद 20 लाख रूपियॉं र उप विजेता दललाई नगद 10 लाख रूपियॉं प्रदान गरिने छ।
यस अवसरमा आज रंगारंग सांस्कृतिक पनि आयोजना गरिएको थियो।
हिन्दुस्थान समाचार / बिशाल