
नयाँ दिल्ली, ०६ जनवरी (हि.स.)। कांग्रेस संसदीय दलकी अध्यक्ष सोनिया गान्धीलाई स्वास्थ्यमा समस्या आएपछि दिल्लीस्थित सर गंगा राम अस्पतालमा भर्ना गरिएको छ। छाती दुख्ने र सास फेर्न गाह्रो भएको गुनासोपछि उनलाई अस्पताल लगिएको हो। हाल उनी चेस्ट फिजिसियनको निगरानीमा छन्।
सर गंगा राम अस्पतालले मंगलबार जारी गरेको आधिकारिक विज्ञप्तिमा सोनिया गान्धीलाई सोमबार राति करिब १० बजी अस्पतालमा भर्ना गरिएको जनाएको छ। अस्पतालका अध्यक्ष डा. अजय स्वरूपका अनुसार, जाँचका क्रममा चिसो मौसम र प्रदूषणका कारण उनको ब्रोंकियल अस्थमा हल्का रूपमा बढेको पाइएको हो। सावधानीका रूपमा थप निगरानी र उपचारका लागि उनलाई भर्ना गरिएको बताए।
अस्पतालका अनुसार, उनको स्वास्थ्य अवस्था पूर्ण रूपमा स्थिर छ र उपचारप्रति राम्रो प्रतिक्रिया दिइरहेकी छन्। उनलाई एन्टिबायोटिकसहित अन्य सहायक औषधिहरू दिइँदैछ। चिकित्सकहरूले स्वास्थ्यमा सुधारको आधारमा एक–दुई दिनभित्र डिस्चार्ज गर्ने निर्णय गरिने बताएका छन्।
—
---------------
हिन्दुस्थान समाचार / भवानी थामी