राजौरीको कल्लर वन क्षेत्रमा आईईडी बरामद, सुरक्षित रूपमा निष्क्रिय गरियो
राजौरीको कल्लर वन क्षेत्रमा आईईडी बरामद, सुरक्षित रूपमा निष्क्रिय गरियो


राजौरी, ०८ जनवरी (हि.स.)।

जम्मू–कश्मीरको राजौरी जिल्लास्थित कल्लर वन क्षेत्रमा संयुक्त घेराबन्दी तथा तलासी अभियानका क्रममा सुरक्षा बलहरूले एक शंकास्पद देसी बम (आईईडी) बरामद गरी सुरक्षित रूपमा निष्क्रिय गरेका छन्।

अधिकारीहरूका अनुसार, थन्नामण्डी क्षेत्रअन्तर्गत डोरी मालको कल्लर वन क्षेत्रमा शंकास्पद गतिविधिको सूचना प्राप्त भएपछि सेना र पुलिसले बुधबार संयुक्त अभियान सुरु गरेका थिए। तलासीका क्रममा केही शंकास्पद सामग्री फेला परेको थियो, जसको सुरक्षा बलहरूले सूक्ष्म जाँच गर्दा लगभग चार किलोग्राम तौलको आईईडी भएको पुष्टि भएको हो।

अधिकारीहरूले बताएअनुसार, नियन्त्रणित विधिमार्फत उक्त आईईडीलाई सुरक्षित रूपमा नष्ट गरिएको छ। घटनास्थलबाट केही खाली गोला पनि बरामद गरिएको छ, जसलाई नियन्त्रणमा लिइएको छ। हाल उक्त क्षेत्रमा थप गहन तलासी जारी रहेको र अभियान निरन्तर चलिरहेको जनाइएको छ।

---------------

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande