प्रधानमन्त्री मोदीले सोमनाथ स्वाभिमान पर्वको अवसरमा आशीर्वाद मागे
प्रधानमन्त्री मोदीले सोमनाथ स्वाभिमान पर्वको अवसरमा आशीर्वाद मागे


नयाँ दिल्ली, ०८ जनवरी (हि.स.)।

प्रधानमन्त्री नरेन्द्र मोदीले बिहिबार सोमनाथ स्वाभिमान पर्वको शुभारम्भको अवसरमा सामाजिक सञ्जाल ‘एक्स’ मार्फत श्री सोमनाथ महादेवको आशीर्वाद माग्दै एक प्राचीन संस्कृत श्लोक साझा गरेका छन्।

प्रधानमन्त्री मोदीले एक्स पोस्टमा लेखेका छन्, “श्री सोमनाथ महादेवको कृपा र आशीर्वादले सबैको कल्याण होस्।”

यससँगै उनले द्वादश ज्योतिर्लिङ्ग स्तोत्रको निम्न श्लोक साझा गरेका छन्–

सौराष्ट्रदेशे विशदेऽतिरम्ये ज्योतिर्मयं चन्द्रकलावतंसम्।

भक्तिप्रदानाय कृपावतीर्णं तं सोमनाथं शरणं प्रपद्ये॥

उक्त श्लोकको अर्थ अनुसार,

सौराष्ट्र प्रदेशको अत्यन्त रमणीय र पवित्र स्थानमा अवस्थित, ज्योतिर्मय (दीप्तिमान) स्वरूप भएका तथा चन्द्रमालाई मस्तकमा आभूषणझैँ धारण गरेका, भक्तजनलाई भक्ति प्रदान गर्न कृपापूर्वक अवतरित भएका श्री सोमनाथ महादेवको म शरण लिन्छु।

उल्लेखनीय छ, यो श्लोकले सोमनाथ ज्योतिर्लिङ्गको महिमाको वर्णन गर्दछ, जसलाई द्वादश ज्योतिर्लिङ्गहरूमध्ये प्रथम मानिन्छ।

---------------

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande