मुख्यमन्त्रीले विधायक तेन्जिङ नर्बु लाम्थालाई जन्मदिनको शुभकामना दिए
तेन्जिङ नर्बु लाम्था


गान्तोक, ११ अक्टोबर (हि.स.)। मुख्यमन्त्री प्रेमसिंह तामाङले विधायक तेन्जिङ नर्बु लाम्थालाई जन्मदिनको हार्दिक शुभकामना व्यक्त गरेका छन्।

मुख्यमन्त्री तामाङले आज सामाजिक सञ्जालमार्फत शुभकामना सन्देश जारी गर्दै सर्वशक्तिमान ईश्वरले विधायक लाम्थालाई सुस्वास्थ्य, सुख र समृद्धि प्रदान गरून् भनी कामना गरेका छन्।

मुख्यमन्त्रीले आगामी वर्षहरूमा नयाँ ऊर्जा, बुद्धिमत्ता र सफलता प्राप्त गर्दै जनताको सेवामा अझ बढी समर्पण तथा प्रतिबद्धताका साथ निरन्तर योगदान पुर्‍याउन सकून् भन्ने शुभेच्छा पनि व्यक्त गरेका छन्। साथै, उनले विधायक लाम्थाको आगामी जीवन अझ सुखद, सफल र उपलब्धिमूलक रहोस् भन्दै जन्मदिनको शुभकामना दिएका छन्।

हिन्दुस्थान समाचार / बिशाल


 rajesh pande