
दुर्गापुर, 13 अक्टोबर (हि.स.)। दुर्गापुरमा दक्षिण बङ्गाल राज्य परिवहन निगम (एसबीएसटीसी)- ले मङ्गलवार एकैसाथ पाँच वटा नयाँ इलेक्ट्रनिक बसहरूको परिचालन शुरू गऱ्यो। यसअघि शहरमा दुई वटा इलेक्ट्रनिक मिनी बसहरू सञ्चालन भइरहेका थिए।
प्राप्त जानकारीअ नुसार अब पाँच वटा नयाँ बसको थालनीबाट यात्रुहरूले राम्रो यातायात सुविधा पाउने अपेक्षा गरिएको छ। मङ्गलवार बिहान सिटी सेन्टर बस स्ट्याण्डमा आयोजित कार्यक्रममा बसहरूको औपचारिक उद्घाटन गरियो। नयाँ इलेक्ट्रनिक बसहरू दुर्गापुर शहरका विभिन्न भागहरूमा चल्नेछन् भने दुर्गापुरदेखि आसनसोलसम्म यात्रुहरूलाई यातायात सेवा प्रदान गर्नेछन्। यसबाहेक भविष्यमा दुर्गापुरदेखि बर्दवानसम्म यस्ता बसहरूलाई सञ्चालन गर्ने योजना छ। यी वातानुकूलित बसहरूलाई यात्रुहरूको आराम र सुविधालाई ध्यानमा राखेर डिजाइन गरिएको छ।
परिवहन निगमद्वारा बताइएको छ, बसको भाड़ा सर्वसाधारणको पहुँचभित्रै राखिएको छ ताकि अधिकभन्दा अधिक यात्रुहरूले यस सेवाको फाइदा लिन सकुन्। यी बसहरू केन्द्र सरकारको राष्ट्रिय स्वच्छ वायु परियोजना (नेशनल क्लीन एयर प्रोजेक्ट) अन्तर्गत उपलब्ध गराइएको राशिबाट खरिद गरिएको हो। इलेक्ट्रनिक बसहरूको परिचालनबाट पारम्परिक इन्धनमाथि निर्धरता घट्ने र वायु प्रदूषणलाई नियन्त्रण गर्ने दिशामा मद्दत पुग्ने आशा छ।
उद्घाटन समारोहमा दक्षिण बङ्गाल राज्य यातायात निगमका प्रबन्ध निर्देशक प्रणब कुमार घोष, स्थानीय विधायक लक्ष्मण घोडुई र चन्द्र शेखर ब्यानर्जी उपस्थित थिए।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा