कामरूपमा सड़क सुरक्षा उपायहरूको समीक्षा, दुर्घटना सम्भावित स्थानहरूलाई चिन्हित गर्नेमाथि जोड़
Kamrup DRSC Reviewing Road Safety Measures, Identifies Accident-Prone Spots.


कामरूप (असम), 13 अक्टोबर (हि.स.)। असमको कामरूप जिल्लामा जिल्ला सड़क सुरक्षा समिति (डीआर्एससी) को अक्टोबर महिनाको बैठक मङ्गलवार छायगाउँ नाट्य मन्दिर सभागारमा सम्पन्न भयो। बैठकमा जिल्लामा हुने सड़क दुर्घटनाहरूको अवस्थाको समीक्षा गर्नको साथै दुर्घटना सम्भवित स्थानहरूको पहिचान र सड़क सुरक्षा उपायहरूको प्रभावकारी कार्यान्वयनमाथि जोड़ दिइयो।

कामरूप जिल्ला आयुक्त देबकुमार मिश्रको अध्यक्षतामा सम्पन्न भएको बैठकमा जिल्लाका जोखिमपूर्ण सड़क खण्ड एवं दुर्घटना सम्भावित स्थानहरूको विस्तृत समीक्षा गरियो। जिल्ला आयुक्तले सड़क दुर्घटनाहरूमा हुने मृत्युलाई घटाउन अनि यात्रुहरूको सुरक्षा सुनिश्चित गर्न लक्षित इञ्जिनियरिङ्ग उपाय तथा प्रभावकारी सुरक्षा उपायहरू कार्यान्वयन गर्नुपर्ने आवश्यकतामाथि जोड़ दिए।

बैठकमा प्रधानमन्त्री राहत योजना (पीएम-राहत)- को पनि समीक्षा गरियो। यसको साथै आघात चिकित्सा सुविधाहरू र एम्बुलेन्सको तत्काल प्रतिक्रिया प्रणालीहरूमा व्याप्त कमजोरीहरूको मूल्याङ्कन गरियो। भारी सवारी साधनहरूमा गति नियन्त्रण उपकरणहरूको अनिवार्य एवं कड़ा अनुपालनको साथमा सड़क सुरक्षाप्रति जागरूकता बढ़ाउनेमाथि बल दिइयो।

समितिले भारतीय राष्ट्रिय राजमार्ग प्राधिकरण (एनएचएआई) र राष्ट्रिय राजमार्ग तथा पूर्वाधार विकास निगम लिमिटेड (एनएचआईडीसीएल) लगायत सम्बन्धित निकायहरूलाई प्रमुख राजमार्गहरूमा पहिचान गरिएका दुर्घटना सम्भावित स्थानहरूमा सुधार कार्यहरू चाँड़ो गर्ने गर्न निर्देश दियो।

बैठकमा कामरूपका वरिष्ठ पुलिस अधीक्षक सुभाशिष बरुवा, अतिरिक्त जिल्ला आयुक्त आदित्य गोगोई एवं मोनिका बरगोहाई, बोको-छयगाउँका सहायक जिल्ला आयुक्त प्रियांशु भारद्वाज, पलाशबारी सहायक जिल्ला आयुक्त भास्कर ज्योति कालिता, अतिरिक्त पुलिस अधीक्षक पुन्नम पेगु अनि जिल्ला सड़क सुरक्षा समितिका अन्य सदस्यहरू उपस्थित थिए।

--------

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande