

पश्चिम सिंहभूम, 13 अक्टोबर (हि.स.) मङ्गलवार बिहान पश्चिम सिंहभूम जिल्लाको हटगम्हरिया पुलिस थाना क्षेत्रमा ट्रेलर र कार आपस्तमा ठोक्किएर दुर्घटनाग्रस्त भयो जसमा तीन जना मानिसहरूको मृत्यु भयो भने अन्य दुई जना गम्भीर घाइते भए। दुर्घटना कुडापी डाउन्स नजिकै भएको हो। दुर्घटनामा कारको अगाडिको भाग पूर्ण रूपमा क्षतिग्रस्त भएको छ। कारमा रहेको आठदेखि नौ महिनाको बच्चा सकुशल बच्यो। सामान्य चोट मात्र लागेको बालकलाई मेडिकल निगरानीमा राखिएको छ।
पुलिस अनुसार कारमा रहेको परिवार छत्तीसगढदेखि टाटानगर जाँदै थियो। यसैबीच विपरीत दिशाबाट तीव्र गतिमा आएको ट्रेलरले कारलाई ठक्कर दियो। ठक्कर यति गम्भीर थियो कि कारमा रहेका तीन जनाको घटनास्थलमै मृत्यु भयो भने दुई जना गम्भीर घाइते भए।
घटनापछि उक्त क्षेत्रमा कोकोहोलो मच्चियो। स्थानीयको सूचनामा पुलिस घटनास्थलमा पुग्यो अनि गाउँलेहरूको सहयोगमा कारमा फसेका मानिसहरूलाई बाहिर निकाल्यो। घाइतेहरूलाई अस्पताल लगियो। प्राथमिक उपचारपछि उनीहरूको गम्भीर अवस्थालाई ध्यानमा राख्दै उन्नत उपचारको लागि जमशेदपुर पठाइएको छ।
पुलिसले घटनास्थलबाट ट्रक र बाइकलाई जफत गरेको छ। दुर्घटनापछि ट्रक चालक घटनास्थलबाट भागेको छ जसलाई पक्राउ गर्न खोजी भइरहेको छ। मृतक तीन जनाको शवलाई पोस्टमर्टम गर्नको लागि पठाइएको छ। मृतक र घाइतेहरूको पहिचान गर्ने प्रक्रिया जारी छ। पुलिसले दुर्घटनाको कारणबारे अनुसन्धान गरिरहेको छ। दुर्घटनापछि केही समयसम्म उक्त मार्गमा यातायात प्रभावित भयो जसलाई पछि सामान्य बनाइयो।
--------
/ बिशाल