पश्चिम बङ्गालमा 50 वर्षदेखि निष्पक्ष चुनाउ नभएको दाबी, राहुल गान्धीमाथि दिलीप घोषले गरे कटाक्ष
कैबिनेट मंत्री दिलीप घोष


न्यूटाउन, 14 अक्टोबर (हि.स.)। पश्चिम बङ्गालमा पछिल्लो 50 वर्षदेखिको स्वतन्त्र एवं निष्पक्ष चुनाउ नभएको दाबी राज्यका मन्त्री दिलीप घोषले गरे। बुधवार बिहान न्यूटाउनमा पत्रकारहरूसँग कुराकानी गर्दै उनले आरोप लगाए, पहिला आम जनताले मतदान गर्ने पूर्ण स्वतन्त्रता पाउँदैन थिए। हालैका चुनाउ परिणामबारे बोल्दै उनले निष्पक्ष निर्वाचन शुरु भएपछि राज्यको राजनीतिक समीकरण परिवर्तन भएको बताए।

उनले भने, विगत 15 वर्षदेखि राज्यमा सत्तासिन पार्टीले यस पटक तीन प्रतिशत भोट पनि पाएन जसबाट भोट चोरी” कहाँ भइरहेको थियो भन्ने कुरा स्पष्ट हुन्छ। मन्त्री अनुसार चुनाउ नतिजाले यो कुरा स्पष्ट पारेको छ।

अर्कोतर्फ गए मङ्गलवार गुजरातको गान्धीनगर नगरनिगमको चुनाउमा भाजपाको जीतपछि केन्द्रिय गृहमन्त्री अमित शाहले कङ्ग्रेसको चुनावी असफलता र एसआईआरलाई लिएर राहुल गान्धीको आरोपको जवाफ दिएका थिए।

यस सन्दर्भमा बुधवार राहुल गान्धीमाथि कटाक्ष गर्दै दिलीप घोषले भने, राहुल गान्धी जीवनभरि विद्यार्थी नै रहने छन्। उनका कुराहरूलाई सुनिन्छ, तर उनका कुराहरूमा कुनै सत्यता हुनेछैन।

--------

/ बिशाल


 rajesh pande