असममा 'निजुत मोइना' योजनाको विस्तार हुनेछ, बीएससी नर्सिङ र जीएनएमका विद्यार्थीहरूले पनि आर्थिक सहयोग पाउने
असमः गुवाहाटी के ज्योति-विष्णु ऑडिटोरियम में 'निजुत मोइना' और 'निजुत बाबू' योजनाओं के तहत आर्थिक सहायता की पहली किस्त वितरण का दृश्य


असमः गुवाहाटी के ज्योति-विष्णु ऑडिटोरियम में 'निजुत मोइना' और 'निजुत बाबू' योजनाओं के तहत आर्थिक सहायता की पहली किस्त वितरण का दृश्य


गुवाहाटी, 15 अक्टोबर (हि.स.)। असमका मुख्यमन्त्री डा. हिमन्त विश्व सरमाले बिहीवार घोषणा गरे, आगामी वर्ष 'निजुत मोइना' योजनालाई विस्तार गरिनेछ। यस अन्तर्गत बीएससी नर्सिङ्ग, जनरल नर्सिङ्ग तथा मिडवाइफरी (जीएनएम.) पाठ्यक्रममा अध्ययन गर्ने पात्र विद्यार्थीहरूलाई आर्थिक सहायता दिइनेछ।

मुख्यमन्त्रीले यो घोषणा गुवाहाटीको ज्योति-विष्णु सभागारमा आयोजित एक कार्यक्रम अवधि गरेका हुन्। कार्यक्रममा 'निजुत मोइना' र 'निजुत बाबु' योजना अन्तर्गत विद्यार्थीहरूलाई आर्थिक सहयोगको पहिलो किस्ता वितरण गरियो। यस अवसरमा मुख्यमन्त्रीलाई विद्यार्थीहरूले न्यानो स्वागत गरेका थिए।

राज्य सरकारका यी योजनाहरूको उद्देश्य विद्यार्थीहरूलाई आर्थिक सहायता प्रदान गरेर आफ्नो अध्ययन जारी राख्न मद्दत गर्नु हो। 'निजुत मोइना' योजनाको प्रस्तावित विस्तारले नर्सिङ्ग जस्ता व्यावसायिक पाठ्यक्रमहरू अध्ययन गर्ने पात्र विद्यार्थीहरूलाई पनि लाभ पुग्नेछ।

मुख्यमन्त्रीको यस घोषणाबाट नर्सिङ्गमा करियर बनाउनको लागि अध्ययन गरिरहेका विद्यार्थीहरूलाई राहत पुग्ने अपेक्षा गरिएको छ। यद्यपि योजनाको विस्तारसँग सम्बन्धित योग्यता एवं सहयोग राशिको बारेमा भने विस्तृत जानकारी सार्वजनिक हुन बाँकी नै छ।

शिक्षा विभागका अधिकारी नारायण कोँवर अनुसार 'निजुत मोइना' योजना अन्तर्गत असमभरिका करिब 6.13 लाख छात्राहरू लाभान्वित भएका छन्। .यो योजना छात्राहरूलाई आफ्नो शिक्षा जारी राख्नको लागि आर्थिक सहायता प्रदान गर्ने उद्देश्यले सञ्चालन गरिँदैछ।

दुर्गा पूजाअघि यी दुवै योजना अन्तर्गत आर्थिक सहायताको पहिलो किस्ता वितरण गरिनुलाई विद्यार्थीहरूको निम्ति उत्सवको उपहार -को रूपमा हेरिँदैछ। राज्य सरकारको उद्देश्य आर्थिक सहायताको माध्यमबाट विद्यार्थीहरूलाई अध्ययन जारी राख्नको लागि आर्थिक प्रोत्साहित गर्नु अनि शिक्षासम्म उनीहरूको पहुँचलाई बढ़ाउनु हो।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande