एसटी कर्मीहरूको 6 नोभेम्बरदेखि राज्यव्यापी हड़ताल गर्ने चेताउनी
एसटी कर्मीहरूको 6 नोभेम्बरदेखि राज्यव्यापी हड़ताल गर्ने चेताउनी


मुम्बई, 15 अक्टोबर (हि.स.)। महाराष्ट्र राज्य सड़क परिवहन महामण्डल (एसटी) का कर्मचारीहरूले आफ्ना विचाराधिन मागहरूलाई लिएर आगामी 6 नोभेम्बरदेखि राज्यव्यापी हड़ताल गर्ने चेताउनी दिएका छन्। दीपावली पर्व आउनै लागेको समयमा दिइएको यो चेताउनीले राज्यभरिका यात्रुहरू, विशेष गरी ग्रामीण क्षेत्रका यात्रुहरूको यात्रा प्रभावित हुने सम्भावना छ।

एसटी कर्मचारीहरूका सङ्गठनहरूले यस सम्बन्धमा मुख्यमन्त्री देवेन्द्र फडणवीसलाई पत्र लेखेका छन्। एसटी कर्मचारीहरूको प्रमुख मागहरूमा प्रत्येक महिनाको 7 तारिकसम्ममा वेतन भुक्तान, कर्मचारीहरूलाई 60 प्रतिशत महँगी भत्ता, यस वर्ष दिपावाली बोनस 15,000 रुपियाँ लगायतका अन्य मागहरू सामेल छन्।

यो आन्दोलन भाजपाका विधायक गोपीचन्द पडालकर र अन्य यूनियनको नेतृत्वमा रहेको 'सेवा शक्ति संघर्ष एसटी कर्मचारी सङ्घ' लगायत अन्य युनियनहरूको गरिनेछ। राज्य सरकारलाई आगामी 6 नोभेम्बरसम्मको अल्टिमेटम दिइएको छ। समयमै विचाराधिन मागहरूमा कुनै ठोस निर्णय नगरे राज्यभरिका एसटी कर्मचारीहरू नोभेम्बर 6- देखि हडतालमा जानेछन्।

--------

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande