केही मानिसहरू पूजाको आनन्दलाई खलबलाउन चाहन्छन्, दुर्घटना पनि हुन सक्छ, मुर्शिदाबादबाट मुख्यमन्त्रीको चेताउनी
Suvendu Adhikari


मुर्शिदाबाद, 15 अक्टोबर (हि.स.)। दुर्गा पूजाको उत्सवअघि मुख्यमन्त्री शुभेन्दु अधिकारीले आम जनता एवं प्रशासनलाई सतर्क रहने सल्लाह दिएका छन्। मुर्शिदाबादको लालबागमा बुधासपाड़ा सार्वजनिक दुर्गोत्सवको उद्घाटन गर्दै उनले आशङ्का व्यक्त गरे, केही असामाजिक तत्त्वहरूले दुर्गा पूजाको उत्सव एवं आनन्दलाई खलबलाउने प्रयास गर्न सक्छन्। तसर्थ, प्रहरी प्रशासन र पूजा आयोजकहरू पहिले नै पूर्ण रूपमा सतर्क रहन आवश्यक छ।

मुख्यमन्त्रीले बताए, यस वर्ष मुर्शिदाबाद जिल्लामा 800 भन्दा बढ़ी नयाँ पूजा समितिहरूलाई स्वीकृति दिइएको छ। संवेदनशील मानिने मुर्शिदाबाद जिल्लाबाट मुख्यमन्त्रीले दिएको उक्त सन्देशलाई महत्वपूर्ण मानिँदैछ।

मुख्यमन्त्रीले हालैमा जिल्लाका दुई वटा पूजा पण्डालमा भएका दुर्घटना र अप्रिय घटनाहरूको पनि उल्लेख गरे। उनले बताए, अहिले यी घटनाहरूको अनुसन्धान भइरहेको छ। । यस सन्दर्भमा उनले पुलिस तथा आयोजकहरूलाई सतर्क गराउँदै भने, असामाजिक तत्त्वहरूको षड्यन्त्र बाहेक लापरवाहीको कारणले पनि दुर्घटना निम्त्याउन सक्छ, त्यसैले भीड़भाड़ भएको ठाउँमा सबै किसिमको सावधानी अप्नाउनु अत्यन्त महत्त्वपूर्ण छ।

पूजा समितिहरूलाई प्रदान गरिएका सुविधाहरूको उल्लेख गर्दै मुख्यमन्त्रीले भने, राज्यमा नयाँ सरकार गठन (परिवर्तन) भएदेखि 12,000 नयाँ दुर्गा पूजाहरूको शुरुआत भएको छ। यसअघि राज्यमा 45 हजार पूजा समिति रहेको र यस पटक 58 हजारभन्दा बढ़ी पूजा समितिहरूलाई सरकारी अनुदान प्रदान गरिएको उनले जानकारी दिए। यसबाहेक राज्यभरि नै पूजा समितिहरूको लागि बिजुली लगायत सबै प्रकारको लाइसेन्सको प्रक्रियालाई पूर्ण रूपमा निःशुल्क गरिएको छ। सनातन परम्परा एवं संस्कृतिलाई जीवित राखेकोमा जिल्लाका पूजा आयोजकहरूलाई मुख्यमन्त्रीले विशेष बधाई तथा धन्यवाद दिए।

यस उद्घाटन समारोहको मञ्चबाट मुख्यमन्त्रीले मुर्शिदाबादको लागि धेरैवटा महत्त्वपूर्ण उपहार -हरूको पनि घोषणा गरे। उनले आश्वासन दिए, जिल्लाका बेरोजगार युवाहरूका लागि नयाँ रोजगारको अवसर सिर्जना गर्ने । यसका साथै गङ्गा नदीको कटाव रोक्नको लागि चाँडै काम शुरु गरिनेछ जसलाई लिएर आगामी 27 अक्टोबरमा केन्द्र सरकारसँग महत्त्वपूर्ण बैठक प्रस्तावित छ। उनले लालबागको एउटाझीलको जीर्णोद्धार तथा जिल्लामा शिक्षा एवं स्वास्थ्य सेवामा थप सुधार गर्ने वाचा पनि गरे।

आफ्नो सम्बोधनमा मुख्यमन्त्रीले नशा मुक्त भारत सँगसँगै नशा मुक्त पश्चिम बङ्गाल र नशा मुक्त मुर्शिदाबाद बनाउने आह्वान गरे। यसबाहेक जिल्लामा बालविवाहको उच्च दरप्रति गहिरो चिन्ता व्यक्त गर्दै उनले यो सामाजिक विसङ्गतिलाई जरैबाट निर्मूल पार्नको लागि कड़ा चेताउनी पनि दिए।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande