
भुवनेश्वर, 15 अक्टोबर (हि.स.)। केन्द्रिय जनजातीय कार्य मन्त्री जुएल ओरामलाई गए बुधवार अभिनेताको भूमिकामा देखियो। उनले दिल्लीको लाल किल्ला मैदानमा आयोजित लव-कुश रामलीलामा रामायणको प्रमुख चरित्र एवं जनजातीय राजा निषादराजको भूमिका निर्वाह गरे।
ओरामले निषादराजको त्यस प्रसङ्गको मञ्चन गरे जसमा वनवास अवधि उनले भगवान श्रीरामलाई स्वागत गर्छन् अनि उनको आतिथ्य सत्कार गर्छन्। यस प्रसङ्गमा भगवान श्रीराम र जनजातीय राजाबीचको आत्मीय सम्बन्धलाई दर्शाइएको छ। भोलिपल्ट निषादराजले भगवान श्रीरामलाई विदा दिन्छन्।
यस भव्य रामलीलाको अंश बन्न पाएकोमा कृतज्ञता व्यक्त गर्दै ओरामले भने, उनको लागि यो सम्मानको कुरा हो। उनले भने, निषाद राजको चरित्र भारतीय संस्कृतिको त्यस महान परम्पराको प्रतीक हो जहाँ मित्रता रएवं मानवीय मूल्यमान्यतालाई सर्वोच्च स्थान दिइएको छ। यस ऐतिहासिक रामलीलामा यस प्रेरणादायी चरित्रलाई जीवन्त बनाउनु मेरो लागि धेरै भावनात्मक, गर्व तथा आध्यात्मिक अनुभव थियो।
निषादराजको भूमिका निर्वाह गर्ने मौका दिनुभएकोमा म लव-कुश रामलीला समितिका सबै पदाधिकारी औ सदस्यहरूप्रति हार्दिक कृतज्ञता व्यक्त गर्दछु। निशादराज जङ्गलका राजा र आदिवासी एवं पछाड़िएका समुदायका नेता थिए, उनले भने।
आफ्नो राजनीतिक यात्रालाई स्मरण गर्दै ओरामले भने, उनले संयोगवश राजनीतिमा प्रवेश गरेका थिए र उनले कहिल्यै सोचेका थिएन् कि यहाँसम्म पुग्नेछन्।
उनले भने, मैले चुनाउ लड्ने मात्र सोचेको थिएँ, त्यसैले पार्टीको लागि काम गर्न थालेँ। तर पार्टीले मलाई मौका दियो र जनताले मलाई समर्थन तथा स्नेह दिए। त्यसैले म आज यो स्थितिमा पुगेको छु।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा