
फतेहाबाद, 15 अक्टोबर (हि.स.)। फतेहाबाद जिल्लाको टोहाना शहरमा बिहीवार बिहान सवेरै हृदय काँप्ने घटना सार्वजनिक भएको छ। यहाँ एकजना कलयुगी पतिले घरेलु शत्रुता वा अन्य कारणले आफ्नै पत्नीको गला काटेर निर्दयतापूर्वक हत्या गरेपछि घटनास्थलबाट भागे। मृतकको पहिचान बलबिन्दर कौर, पत्नी निर्मल सिंहको रूपमा भएको छ। मृतकाका भाइले दर्ता गरेको उजुरीको आधारमा पुलिसले अभियुक्तविरुद्ध हत्याको मुद्दा दर्ता गरेको छ। पुलिसले अभियुक्तलाई खोजिरहेको छ।
पुलिसबाट प्राप्त जानकारी अनुसार बिहीवार बिहान हिम्मतपुरा गाउँका सरपञ्चले पुलिसलाई सूचना दिए, गाउँ चन्दा सिंहको ढाणीमा एकजना महिलाको हत्या भएको छ। सूचना पाएपछि पुलिस अधीक्षक महेश कुमार घटनास्थलमा पुगे अनि घटनाको बारेमा सोधपुछ गरे। घटनास्थलको निरीक्षण गर्दा देखियो, घरको आँगनमा राखिएको खाटमा बलविन्दर कौरको रगतले भिजेको शव लड़िरहेको थियो।
पुलिसले तुरुन्तै फरेन्सिक टोलीलाई घटनास्थलमा बोलाएर घटनास्थलबाट महत्त्वपूर्ण प्रमाण सङ्कलन गऱ्यो। पुलिसको प्रारम्भिक अनुसन्धानले यो सनसनीपूर्ण घटना गए अबेर राती भएको खुलासा गरेको छ। मृतकाका दुई सन्तान छन्, एकजना छोरा मनप्रीत जो विगत चार वर्षदेखि इङ्गल्याण्डमा बस्दै आएका छन् र एउटी छोरी जो विवाहित हुन्। अभियुक्त निर्मल सिंहको गाउँमा चार एकड़ कृषि भूमि छ जुन उनले ठेकामा दिन्थे। घरमा दम्पत्ति मात्र बस्थे।
मृतक बलबिन्दर कौरका भाइ भूपेन्द्र सिंहको उजुरीमा पुलिसले अभियुक्त पति निर्मल सिंहविरुद्ध मुद्दा दर्ता गरेको छ। पुलिस अधिकारीहरूले ती महिलाको हत्या धारदार वा भारी हतियारले गरिएको बताएका छन्, यद्यपि हत्यामा प्रयोग गरिएको सही हतियार पोस्टमर्टम रिपोर्ट आएपछि मात्र आधिकारिक रूपमा पुष्टि हुनेछ। शव नजिकै एउटा छुरी फेला परेको थियो।
पुलिसले शव टोहाना सिभिल अस्पतालको शवगृहमा राखेको छ जहाँ पोस्टमर्टमपछि परिवारका सदस्यलाई हस्तान्तरण गरिनेछ। हत्याको सही कारण अहिलेसम्म थाहा हुन सकेको छैन। पुलिसले परिवारका अन्य सदस्यहरूलाई पनि सोधपुछ गरिरहेको छ भने भगौड़ा अभियुक्त निर्मल सिंहलाई पक्राउ गर्न विशेष टीमहरूलाई खटाइएको छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा