राज्यपाल स्वर्ण कप २०२६ को उपाधि शिलङ लाजोङ एफसीलाई, सिक्किम आक्रमण ५-२ गोलले पराजित
Governor gold Cup


गान्तोक, 16 अक्टूबर (हि.स.)। ४२औँ राज्यपाल स्वर्ण कप फुटबल प्रतियोगिता २०२६ को उपाधि शिलङ लाजोङ एफसीले जितेको छ। शुक्रबार गान्तोकको पाल्जोर स्टेडियममा सम्पन्न रोमाञ्चक फाइनल खेलमा शिलङ लाजोङले सिक्किम आक्रमण एससीलाई ५-२ गोलले पराजित गर्दै उपाधि आफ्नो नाममा गरेको हो।

फाइनल खेलमा शुरुदेखि नै दबदबा कायम राखेको शिलङ लाजोङले पहिलो हाफमा दुई गोल गर्दै २-० को अग्रता बनाएको थियो। दोस्रो हाफमा थप तीन गोल गर्दै टोलीले आफ्नो अग्रता फराकिलो बनायो। यता सिक्किम आक्रमणले दोस्रो हाफमा दुई गोल फर्काए पनि खेलमा पुनरागमन गर्न सकेन।

प्रतियोगिताको फाइनल खेलमा सिक्किमका राज्यपाल ओमप्रकाश माथुर प्रमुख अतिथि तथा मुख्यमन्त्री प्रेमसिंह तामाङ विशिष्ट अतिथिका रूपमा उपस्थित थिए। उनीहरूले विजेता शिलङ लाजोङ एफसी र उपविजेता सिक्किम आक्रमण एससीलाई ट्रफी प्रदान गरे।

गत ५ अक्टोबरदेखि यहाँको पाल्जोर स्टेडियममा सम्पन्न फुटबल प्रतियोगिताको आयोजना सिक्किम फुटबल सङ्घले गरेको थियो।

हिन्दुस्थान समाचार / बिशाल


 rajesh pande