असमको मोरीगाउँमा आधार केन्द्रमा आगलागी, उपकरणहरू जलेर नष्ट
असमको मोरीगाउँमा आधार केन्द्रमा आगलागी, उपकरणहरू जलेर नष्ट


मोरीगाउँ (असम), १९ अक्टोबर (हि.स.)। असमको मोरीगाउँमा सोमवार बिहान सबेरै राजस्व चक्र अधिकारीको कार्यालय परिसरमा रहेको आधार नामाङ्कन केन्द्रमा आगलागी हुँदा त्यहाँ राखिएका उपकरण तथा अन्य सामग्री जलेर नष्ट भएका छन्। आगलागी सोमवार बिहान लगभग ३ बजी भएको हो।

घटनाको सूचना पाएपछि अग्निशमन तथा आपत्कालीन सेवाका कर्मचारीहरू घटनास्थलमा पुगे र लामो प्रयासपछि आगो नियन्त्रणमा लिए। तर, त्यतिबेलासम्म केन्द्रमा ठूलो क्षति भइसकेको थियो। आगलागीमा आधार नामाङ्कनका लागि प्रयोग गरिने मेसिन सहित अन्य आवश्यक सामग्री नष्ट भएका छन्।

आगलागीको वास्तविक कारण पत्ता लाग्न सकेको छैन। प्रारम्भिक अनुमान अनुसार विद्युत् सर्ट सर्किटका कारण आगलागी भएको हुनसक्ने आशङ्का गरिएको छ। तर, यसको आधिकारिक पुष्टि भएको छैन।

घटनापछि स्थानीय बासिन्दामा चिन्ता बढ़ेको छ। केन्द्रका उपकरणहरू नष्ट भएकाले उक्त क्षेत्रमा आधार नामाङ्कन तथा यससँग सम्बन्धित सेवाहरू प्रभावित हुनसक्ने आशङ्का गरिएको छ। पुलिसले घटनाको अनुसन्धान गरिरहेको छ।

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande