तिब्बती गुम्बालाई दान दिने नाममा साढ़े पाँच लाख रुपियाँ साइबर ठगी
तिब्बती गुम्बालाई दान दिने नाममा साढ़े पाँच लाख रुपियाँ साइबर ठगी


धर्मशाला, १९ अक्टोबर (हि.स.)। हिमाचल प्रदेशको म्याक्लोडगञ्जमा रहेको तिब्बती समुदायको एक गुम्बाका पदाधिकारीहरू साढ़े पाँच लाख रुपियाँको साइबर ठगीमा परेका छन्। ठगहरूले गुम्बालाई दान दिने बहानामा इमेल पठाएर पदाधिकारीहरूलाई झुक्याएका थिए। उनीहरूले विभिन्न ब्यांक खातामा लगभग साढ़े पाँच लाख रुपियाँ पठाए।

ठगी भएको थाहा पाएपछि गुम्बाका पदाधिकारीहरूले धर्मशाला स्थित साइबर अपराध पुलिस थानामा उजुरी दिएका छन्। पुलिसले जीरो प्राथमिकी दर्ता गरी अनुसन्धान शुरु गरेको छ।

पुलिसको साइबर सेलले ठगीमा प्रयोग गरिएका इमेल र ब्यांक खातासम्बन्धी विवरण सङ्कलन गरिरहेको छ। साथै ठगीको रकम अन्य खातामा स्थानान्तरण हुन नदिन सम्बन्धित ब्यांक खाताहरूको रकम रोक्का गर्ने प्रयास भइरहेको छ। पुलिसले ठगीमा संलग्न व्यक्तिहरूको पहिचान र रकम फिर्ता ल्याउने दिशामा अनुसन्धान अघि बढ़ाएको छ।

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande