
थौबल (मणिपुर), १९ अक्टोबर (हि.स.)। मणिपुरको थौबल जिल्लामा आइतबार राति मेइतेई र मेइतेई पाङ्गल समुदायका सदस्यहरूबिच भएको हिंसात्मक झडपमा एक जनाको मृत्यु भएको छ भने अन्य तीन जना घाइते भएका छन्। हिंसाको क्रममा धेरै घर र गाडीहरूमा पनि आगो लगाइयो। स्थिति थप बिग्रन नदिन जिल्ला प्रशासनले प्रभावित क्षेत्रमा निषेधाज्ञा लागू गर्दै सुरक्षा व्यवस्था कडा पारेको छ।
स्रोतका अनुसार, अज्ञात बदमाशको गोली हानाहानमा लैशराम राकेश (24) गम्भीर घाइते भएका थिए। पछि उनको मृत्यु भयो। घटनामा कम्तीमा अन्य तीन जना पनि घाइते भएका छन्।
प्रारम्भिक जानकारीअनुसार, आइतबार दिउँसो करिब 11.30 मा थौबल पुलिस स्टेसनअन्तर्गतको खङ्गाबोक गाउँमा एक कार्यक्रममा झगडा शुरु भएको थियो। त्यहाँ आयोजित कन्सर्टका लागि तोकिएको मैदानमा केही मानिसहरूले कथित रूपमा ढुङ्गा प्रहार गर्न थाले। त्यसपछि मामिलाहरू बढे र मेइतेई र मेइतेई पाङ्गल समुदायका सदस्यहरूबिच हिंसात्मक झडप भयो। मेइतेई पाङ्गल समुदायलाई मणिपुरी मुस्लिम समुदाय पनि भनिन्छ।
हिंसा नियन्त्रण गर्न प्रशासनले आइतबार राति 11 बजीदेखि प्रभावित क्षेत्रमा निषेधाज्ञा जारी गरेको छ। कानून व्यवस्था कायम राख्न राज्य र केन्द्रिय सुरक्षा बलका अतिरिक्त सेना पनि तैनाथ गरिएको छ।
सोमबार बिहानसम्म स्थिति नियन्त्रणमा रहेको बताइएको थियो, यद्यपि कुनै पनि अप्रिय घटना हुन नदिन सुरक्षा बल तैनाथ गरिएको थियो। झडपको सही कारण र संलग्न व्यक्तिहरूको पहिचानको बारेमा विस्तृत जानकारीको प्रतिक्षा गरिएको छ।
--------
हिन्दुस्थान समाचार / भवानी थामी