गान्तोकको सिच्छेमा न्यिया नैरात्मा केन्द्रको उद्घाटन
गान्तोकको सिच्छेमा न्यिया नैरात्मा केन्द्रको उद्घाटन


गान्तोक, 21 अक्टोबर (हि.स.)। मुख्यमन्त्री प्रेमसिंह तामाङले गान्तोकको सिच्छेमा परमपूज्य शाक्य गोङ्मा त्रिचेन रिम्पोछेसँग संयुक्त रूपमा न्यिया नैरात्मा केन्द्रको उद्घाटन गर्न पाउनु आफ्नो लागि ठूलो सम्मान र सौभाग्यको अवसर रहेको बताएका छन्।

मुख्यमन्त्री तामाङले आज सामाजिक सञ्जाल पोस्टमा उक्त केन्द्र सिक्किमको समृद्ध आध्यात्मिक तथा सांस्कृतिक सम्पदामा थप महत्त्वपूर्ण उपलब्धि रहेको उल्लेख गरेका छन्। यसले बौद्ध शिक्षाको संरक्षण, आध्यात्मिक ज्ञानको विकास तथा समाजमा शान्ति, करुणा र सद्भाव प्रवर्द्धन गर्ने राज्यको निरन्तर प्रतिबद्धतालाई प्रतिबिम्बित गर्ने उनले बताएका छन्।

उनले परमपूज्य रिम्पोछेको आशीर्वादले सबैलाई प्रज्ञा, करुणा र आध्यात्मिक परिपूर्तिको मार्गमा निरन्तर मार्गदर्शन र प्रेरणा प्रदान गरिरहून् भन्ने कामना गरेका छन्।

साथै, यस केन्द्रले आगामी पुस्तासम्म शान्ति र श्रद्धाको ज्योति फैलाउने केन्द्रका रूपमा सेवा पुर्‍याउने विश्वास पनि मुख्यमन्त्रीले व्यक्त गरेका छन्।

---------------

हिन्दुस्थान समाचार / बिशाल


 rajesh pande