
नयाँ दिल्ली, २१ अक्टोबर (हि.स.)। प्रधानमन्त्री नरेन्द्र मोदीले ऐतिहासिक सेङ्गोल निर्माणमा योगदान पुर्याउने वुम्मिडी एथिराजको निधनप्रति गहिरो दुःख व्यक्त गरेका छन्। उनले पूर्व प्रधानमन्त्री जवाहरलाल नेहरूसमक्ष प्रस्तुत गरिएको ऐतिहासिक सेङ्गोल निर्माणमा एथिराजले पुर्याएको योगदानका लागि उनलाई सधैँ स्मरण गरिने बताएका छन्।
प्रधानमन्त्री मोदीले बुधबार सामाजिक सञ्जालको माध्यम एक्समा सन्देश जारी गर्दै तमिलनाडुको प्रतिष्ठित परिवारमा जन्मिएका एथिराजको जीवन र शिल्पकलाले भारतको गौरवशाली परम्परा तथा देशको ऐतिहासिक यात्राबिच उल्लेखनीय सम्बन्ध स्थापित गरेको बताएका छन्। उनले एथिराजका परिवारका सदस्य तथा प्रशंसकहरूप्रति समवेदना व्यक्त गरेका छन्।
मोदीले सन् २०२३ मा नयाँ संसद् भवनमा सेङ्गोललाई प्रमुख स्थानमा स्थापित गर्ने क्रममा एथिराजसँग भेट गर्ने अवसर प्राप्त भएको स्मरण गरेका छन्। त्यस अवसरमा उनले देश र संस्कृतिप्रति एथिराजले पुर्याएको योगदानका लागि आभार व्यक्त गरेका थिए।
प्रधानमन्त्रीले आफ्नो सन्देशमा एथिराजको निधनले आफूलाई गहिरो दुःख लागेको बताएका छन्।
/ बिशाल